अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने « Khabarhub

अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले रुसबाट तेल आयात नगर्ने घोषणा गरेका हुन् ।

‘हामी सबै रुसी ग्यास, तेल र उर्जाको आयात बन्द गर्दैछौँ ।’ बाइडनले भने । उनले पछिल्लो घोषणाले ‘रुसी अर्थतन्त्रको मुख्य रक्तनली’ लाई लक्षित गरेको जनाएका छन् । ‘यसको अर्थ रुसी तेल अमेरिकी बन्दरगाहमा स्वीकार्य हुनेछैनन्’ बाइडनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो कदमले घरेलु मामिलामा पनि असर पर्ने स्वीकार गर्दै बाइडनले साझेदारहरुसँगको सल्लाहमै निर्णय लिइएको बताए । अमेरिकी राजनीतिक वृत्तका दुबै रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले युक्रेनमा आक्रमण गरेको दण्ड दिन रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन बाइडनमाथि दबाब दिँदै आएका थिए ।

यता अमेरिकासँगै बेलायतले पनि रुसी उर्जाको आयात विस्तारै बन्द गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बेलायतले यही वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात पूर्ण रुपमा कटौती गर्ने घोषणा गरेको हो ।

उर्जा निर्यात रुसी अर्थतन्त्रको प्रमुख आयश्रोत हो । रुस साउदी अरब र अमेरिकापछि तेश्रो ठूलो तेल उत्पादनकर्ता मुलुक पनि हो । यसअघि रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा ग्यासको निर्यात पनि ठप्प पारिदिने चेतावनी दिएको थियो ।

अमेरिकाले रुसबाट आफ्नो खपतको ८ प्रतिशत तेल आयात गर्दै आएको छ भने बेलायतले रुसबाट ६ प्रतिशत तेल आयात गर्छ । रुसी तेलको विकल्पमा अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग सहकार्य गर्न लागेको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु