सडकले कुलो भत्काउँदा २०० रोपनी खेत ८ वर्षदेखि बाँझै « Khabarhub

सडकले कुलो भत्काउँदा २०० रोपनी खेत ८ वर्षदेखि बाँझै


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् ।  स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर सडकले कुलो भत्काएपछि सिँचाइकाे समस्या भएको छ ।

अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले काेदालोले खनेर खेतमा पुर्‍याएकाे सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने, ‘२०३८सालमा गाउँलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन-पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एक दुई पटक आफैँले मर्मत गरेर बनायौँ, तर २०७० सालदेखि सडक कालोपत्रेको काम सुरु भएयता भने सडक डबल कटिङ गरिएकाले कुलोको नाम निसाना नै मेटिदियो ।’

कुलो भत्केपछी २०० बढी रोपनी खेतीयोग्य जमिन बाँझो खेतमा परिणत भएको स्थानीय खेमराज पाण्डेयले बताए । उनले भने, ‘हामीसंग जमिन पर्याप्त छ ।  तर, पानी नभएकाले बाँझै छाडेका छौँ । कतै कतै गहुँ, मकै र तरकारी लगाए पनि पानीको अभावले बालीनाली सुक्छ । सिँचाइ सुविधा भएको भए तरकारी खेती गरेर जीविकोपार्जन गर्न हुन्थ्यो ।’

कुलो निर्माण गरिदिन सडकको ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरूलाई पटक–पटक घच्घच्याएको स्थानीयवासी बताउँछन् ।सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएपछि केही मिटर पाइप दिइएको छ । पाइपका टुक्राहरु दिए पनि जडान नगरिँदा पाइपहरु त्यसै थन्काइएको छ ।

सिँचाई आयोजना निर्माणका लागि प्रदेश सरकार र संघ सरकारलाई सिफारिस गरेको पाटन नगरपालिका-५ का वडाअध्यक्ष फुनिसिंह बोहराले बताए । उनले भने,‘भत्केको आयोजना निर्माणका लागि सबैसँग पहल गर्‍याैँ । तर, कसैले सुनेका छैनन् । जिल्लास्थित सिँचाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयसँग पहल गर्‍यौँ । तर, उनीहरू एकअर्को कार्यालयलाई भन्नुस् भन्दै टार्छन् ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : १५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी