शहीद स्मारक फुटबल : खुमलटार विजयी « Khabarhub

शहीद स्मारक फुटबल : खुमलटार विजयी


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो ।

जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ।

त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको