शहीद स्मारक फुटबल : खुमलटार विजयी « Khabarhub

शहीद स्मारक फुटबल : खुमलटार विजयी


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो ।

जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ।

त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १ : ०५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको