अमेरिकाले पूर्वी युरोपमा अत्याधुनिक क्षेप्यास्त्र पठाउँदै « Khabarhub

अमेरिकाले पूर्वी युरोपमा अत्याधुनिक क्षेप्यास्त्र पठाउँदै


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकाले पूर्वी युरोपमा जमिनबाट आकाशमा मार हान्ने अत्याधुनिक क्षेप्यास्त्र प्रणाली पठाउन लागेको खुलासा भएको छ ।

वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार अमेरिकाले पूर्वी युरोपमा रहेका नेटो आबद्ध देशहरुलाई पेट्रियट र टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (थाड) प्रणाली पठाउन लागेको हो ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र नेटोलाई युक्रेनी आकाशमा रुसी विमानविरुद्ध ‘नो फ्लाई जोन’ घोषणा गर्न बारम्बार आग्रह गर्दै आएका छन् । जेलेन्स्कीको यो आग्रहलाई अमेरिकाले अस्वीकार गरिसकेको छ ।

अमेरिकाले यसअघि नै युक्रेनमा रुसविरुद्ध लड्न सेना नपठाउने स्पष्ट पारिसकेको छ ।
 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  २ : २१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको