आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने « Khabarhub

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ ।

यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो ।

शेर्पाको तेस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

पर्यटन व्यवसायी शेर्पाले नेपालमा गल्फ मार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” उनले भने ।

गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यसअघि नै यती एयरलाइन्सलाई घोषणा गरिसकेको छ । उक्त प्रतियोगितामा रजिस्ट्रेशन शुल्क मार्फत् सकंलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सलाई घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको विजेता र रनरअप, भेट्रान तर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिजक्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु तीन लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती ग्रुपकै सञ्चालनमा रहेको विभिन्न कम्पनी तथा रिसोर्ट तथा निकटका संस्थाले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा यती एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, अल्टिच्युड एयर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एयरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन् ।

नेपालको पर्यटन विकास, प्रवर्द्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको वि सं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका टोलीमा निधन भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ३७ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको