आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने | Khabarhub Khabarhub

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ ।

यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो ।

शेर्पाको तेस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका १८० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

पर्यटन व्यवसायी शेर्पाले नेपालमा गल्फ मार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौँ, उहाँ आफै पनि एक कुशल गल्फ खेलाडी हुनुहुन्थ्यो,” उनले भने ।

गतवर्ष फागुन २१ र २२ गते पहिलो गल्फ प्रतियोगिता भएको थियो । प्रत्येक वर्ष आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ टुर्नामेन्ट हुने यसअघि नै यती एयरलाइन्सलाई घोषणा गरिसकेको छ । उक्त प्रतियोगितामा रजिस्ट्रेशन शुल्क मार्फत् सकंलन भएको रकम सोही समयमै गैरनाफामुखी एवं समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सलाई घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको विजेता र रनरअप, भेट्रान तर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिजक्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु तीन लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती ग्रुपकै सञ्चालनमा रहेको विभिन्न कम्पनी तथा रिसोर्ट तथा निकटका संस्थाले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगितामा यती एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, अल्टिच्युड एयर, यती माउन्टेन होम, मोक्ष मुस्ताङ रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, गुण एयरलाइन्स, कसरा रिसोर्ट र केर एण्ड डाउनी जस्ता प्रायोजक पार्टनर रहेका छन् ।

नेपालको पर्यटन विकास, प्रवर्द्धन तथा हवाई क्षेत्रको विकासमा निकै महत्वपूर्ण योगदान दिएका शेर्पाको यस क्षेत्रमा छुट्टै पहिचान छ । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको वि सं २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहितका टोलीमा निधन भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ३७ बजे

अर्थसंक्षेप : बिजुली नपुगेका घर खोज्दै कुलमानदेखि सुनकाे मूल्य उच्चसम्म 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली नपुगेका

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

काठमाडौं– मुस्ताङमा दुई दशक बिताएका इटालियन नागरिक लुइगी फेइनी र

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

धनुषा– धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सूचना प्रविधिको क्षेत्रबाट मूल प्रवाहमा जोडिँदै कर्णाली

काठमाडौं– भौतिक विकासबाट पछाडि परेको कर्णाली प्रदेशलाई सूचना प्रविधिको क्षेत्रबाट