अध्यक्ष तिमिल्सिना–फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट « Khabarhub

अध्यक्ष तिमिल्सिना–फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डल र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो ।

फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेट गरेको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रूपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैँ प्रेरणादायी रहँदै आएको बताए ।

दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको अध्यक्ष तिमिल्सिनाले बताएका छन् ।

वर्षौंदेखि उच्चस्तरीय भ्रमणको आदान-प्रदानले विद्यमान सम्बन्धलाई गति दिएको भन्दै उनले खुशी व्यक्त गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ०९ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ