नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली काँग्रेसको स्थानीय तहको निर्वाचनकेन्द्रित कार्यतालिका सार्वजनिक 

नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनकेन्द्रित फागुन २९ देखि सुरु हुने निर्वाचन अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा  आज  पत्रकार सम्मेलन गर्दै काँग्रेसले घर–घर जाऔं, कांग्रेस जिताऔँ अभियानको कार्यतालिका र उद्देश्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महत्तले सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई आवश्यक जिम्मेवारी दिने बताए । उनले फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिए । अभियानअन्तर्गत कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, एमसीसीका बारेमा जनतालाई जानकारी गराउने योजना कांग्रेसको रहेको छ । त्यस्तै केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने र आफ्नो समितिअन्तर्गतका पदाधिकारी र सदस्यहरूलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक–फरक वडामा परिचालन गरिने प्रवक्ता महतले बताए ।

कांग्रेस बाँझो खेत जस्तै भएको अध्यक्ष ओलीको टिप्पणी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । आज मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताए । मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको भन्दै ओलीले काग्रंसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको तर्क गरे । यस्तै उनले कांग्रेसलाई सुकेको रुखको संज्ञा पनि दिए । नेपाली कांग्रेस बाँझो खेत जस्तै भएको  पनि उनको टिप्पणी छ ।

प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री कार्कीले भनाइ

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको सम्मान गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज पत्रकार काठमाडौंमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री कार्कीले संविधानले परिकल्पना गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई मर्यादित गराउने पक्षमा सरकार रहेको भन्दै त्यसलाई अंकुश लगाउने कल्पना पनि सरकारले गर्न नसक्ने बताएका हुन् । सरकार दक्षिण एसियामै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अग्रणी देशको रुपमा प्रस्तुत हुन चाहेको उनको भनाई छ । त्यस्तै उनले सरकारले अनलाइन टेलिभिजन सम्बन्धी गरेको व्यवस्था पवित्र उद्देश्यले ल्याइएको दावी गर्दै यसको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

लगातार संविधानमाथि प्रहार भइरहको माओवादीका अध्यक्ष दाहालको दाबी 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण मुलुकको परिवर्तनको जस माओवादीले लिन नसकेको बताएका छन् । आज काठमाडौंमा पार्टी निकट नेपाल उद्योग व्यवसायी महासंघ(प्रस्तावित)को केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले आजको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि गुटबन्दी र पार्टीभित्रकै अन्तरविरोधका कारण त्यसलाई स्थापीत गर्न नसकेको बताए । उनले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकोसमेत बताए । पार्टीको केन्द्रीय कमिटीमा समावेशीका साथै बाह्य क्षेत्रको सहभागिता पनि गराउनुपर्ने आफ्नो प्रस्ताव गरेको र त्यसमा समग्र पार्टी गम्भीर रहेको उनले बताए ।

गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको नेकपा एसका अध्यक्ष नेपालको आरोप 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने दाबी गरेका छन् । आजबाट काठमाडौंमा सुरु समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको बताए । उनले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताए । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको र सो  षडयन्त्रहरुलाई बिफल पारिएको उनको भनाई छ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर भोलिको बैठकले पारित गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

फ्रान्स–नेपाल संसदीय मैत्री समूहको प्रतिनिधिमण्डलद्धारा सभामुख सापकोटासँग शिष्टाचार भेट

सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताएका थिए।उनले कोभिड– १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गर्नुभएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरिस सम्झौता स्मरणीय रहने बताएका थिए । यसैबीच  सो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि आज विहान शिष्टाचार भेटवार्ता गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

प्राध्यापक संघ–संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । आज अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दैँ उपकुलपतिको राजीनामा माग्नु उत्शुङखल वतmत्यवाजीप्रति आफुहरुको गम्भीर ध्यानार्कषन भएको जनाएको हो । गत सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए । अनेरास्ववियुले महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयका हितमा नरहेको दावी गरेको छ । विश्व विद्यालयलाई  धमिलो बनाउने जुनसुकै कदमलाई विफल बनाउन अनेरास्ववियुले जस्तोसुकै कदम चाल्ने अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्ट र संयोजक अम्मरराज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

अमेरिकाका लागि नेपाली राजदूत खत्रीद्धारा पद तथा गोपनीयताको शपथ ग्रहण

अमेरिकाका लागि नेपाली राजदूत  प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । सो समारोहमा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्च पदाधिकारीहरुको उपस्थिति थियो । यसअघि सरकारले १४ कात्तिकमा खत्रीलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो भने २५ भदौमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभा तथा अधिवेशन काठमाडौँमा हुने

नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२ औँ अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ । महासंघले  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको जनाएको छ । अधिवेशनमा १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी २४ सय जनाको सहभागीता हुने महासंघले जनाएको छ । त्यस्तै अधिवेशनमा  ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने छ । साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न १ करोड ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । त्यस्तै अधिवेशन स्थल बाहिर विभिन्न कम्पनीका ३० वटा स्थल रहने महासंघले जनाएको छ ।

थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा  थप  २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परिक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परिक्षणका क्रममा १ स्य ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज  कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । यस्तै थप २ सय ५१ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८ जना निको भएका छन् । हाल ५ हजार ६ सय ९२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।

यूट्युव च्यानलमार्फत भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा २ जना पक्राउ

यूट्युव च्यानल मार्फत  चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ  आज गरेको हो । हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ भ्रामक समाचार सम्प्रेषण आरोप प्रहरीले लगाएको छ । उनीहरुले पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण  गरेको भन्दै  विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको  प्रहरीले  दाबी  गरेको छ ।

चालु आर्थिक बर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ३० वटा दुर्लभ एकसिंगे गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष २०७८÷७९ को हालसम्म ३० वटा दुर्लभ एकसिंगे गैंडा मरेका छन् । यस आवको आठ महिना पनि पुग्न नपाउँदै चोरी सिकारीले मारिएका दुईसहित ३० वटा गैंडा मरेको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा ती गैंडा मरेका हुन् ।यस आवको माघ र फागुनमा मात्रै ११ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार खोलाले बगाएर र दलदलमा भाँसिएर , आपसमा जुधेर ,प्राकृतिक कारणले  बाघको आक्रमणबाट  तथा चोरी सिकारीबाट ती गैँडा मरेका हुन् । गत आव २०७७/७८ मा ३३ वटा गैंडा मरेका थिए ।

निकुञ्ज क्षेत्रमा भेटिएका १३ थान हतियार प्रहरीलाई बुझाइयो

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा विभिन्न समयमा भेटिएका १३ थान हतियार प्रहरीलाई बुझाइएको छ । निकुञ्जले आज एक कार्यक्रमका बीच हतियारहरू संरक्षणका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो । निकुञ्जका अनुसार विभिन्न समयमा विभिन्न ठाउँमा ठूलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक दुई थान र भरुवा बन्दुकको नाल दुई थान फेला परेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दलाई हतियार हस्तान्तरण गरे ।

शेयर बजार परिसूचक नेप्सेमा आज पनि गिरावट

शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । नेप्से आज ३० दशमलव २९ अङ्कले घटेर दुई हजार पाँच सय १४ दशमलव ६५ विन्दुमा पुगेको हो ।  आज ४९ लाख ५९ हजार कित्ता शेयर  २ अर्ब ३५ करोड २३ लाख रुपैयाँमा कारोबार भएको छ ।आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको शेयर ८  प्रतिशतबढीले  बढेको छ । यस्तै विशाल बजार कम्पनीको शेयर ६ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा नेपाल टेलिकम, एनआईसी एसिया बैंक, अपी पावर, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ५९ बजे

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न

बागलुङमा चङ्गा चेट

बागलुङ – बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा

दशैँका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट

भैरहवा– नेपाल राष्ट्र बैंकले हिन्दुहरूको महान पर्व दशैं, तिहार छठ