शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ-शिक्षामन्त्री पौडेल   « Khabarhub

शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ-शिक्षामन्त्री पौडेल  


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुन अनुसार कार्यान्वयन गर्ने बताएका छन् ।

धादिङको गंगा जमुना गाउँपालिकाको शिवालय र तामाङ खर्क माविको भवन उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको जानकारी दिए ।

शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सबालहरू उठेका छन्’ मन्त्री पौडेलले भने  ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।

संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको उनले बताए ।

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताएका छन्  ।

‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने , ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ४८ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ