कालापहाडबाट जुम्ला फर्केनेको लर्को « Khabarhub

कालापहाडबाट जुम्ला फर्केनेको लर्को


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- रोजगारीका लागि भारत गएका जुम्लावासी फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल फर्कने जुम्लावासीको घुँइचो लाग्न थालेको हो ।

गाउँमा रोजगारी अभावको कारण उनीहरू कामका लागि कालापहाड जाने गर्छन् ।

दसैँलगतै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । ‘घरमै बसौँ रोजगारीका अवसर छैनन् । बेरोजगार भएर नाङ्गो परिवार टुलुटुलु हेरेर बस्न सकिँदैन,’ स्थानीय बिर्षबहादुर बुढाले भने, ‘कालापहाड रहर होइन, बाध्यता हो ।’

हिउँदको सुख्खा सिजनमा खेतीपातीका लागि कुनै काम नहुँदा आफूहरू कालापहाड जाने गरेको उनले बताए । घर फकिँदा सीमा नाकामा निकै सास्ती खेप्नु परेको गुनासो  उनीहरूले गरेका छन् ।  जुम्लाका एक नगरपालिका र सात वटै गाउँपालिकाबाट युवा कालापहाड जाने गरेका छन् ।

गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि हुँदैन,’ बिर्खबहादुरले भने, ‘कर्णालीका सबै जसो जिल्लाबाट मजदुरीको लागि कालापहाड जाने गरेका छौ । भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिन्छन् । जुम्लामात्रै होइन कर्णालीबाट हजारौँ युवा कालापहाड जाने गर्छन् । गाउँमा आउने विकास निर्माणका काम पहुँचवालाको हातमा जान थालेपछि सर्वसाधारण कालापहाड रोज्न विवश हुने गरेको उनले बताए ।

युवा जति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बूढाबूढी मात्र रहेको उनले बताए । काला पहाडबाट अटोरिक्सावालाले पनि दोब्बर रुपैयाँ लिने गरेको उनी बताउँछन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : २० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको