हत्याका अभियुक्तलाई १६ वर्षपछि बहराइनबाट समातेर नेपाल ल्याइयो « Khabarhub

हत्याका अभियुक्तलाई १६ वर्षपछि बहराइनबाट समातेर नेपाल ल्याइयो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १६ वर्षअघि तत्कालीन लेखनाथमा एउटा हत्या भएको थियो । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राई घाइते अवस्थामा भेटिए ।

उनी मजदुरी गर्न लेखनाथ आएका थिए । अनुसन्धान गर्दै जाँदा २० वर्षका राईलाई सोही ठाउँमा अशोक गुरुङले कुटपिट गरेको पत्ता लाग्यो ।

राईको अवस्था गम्भीर रहेकोले उपचारकै क्रममा जेठ २ गते मृत्युभयो । लाश जाँच मुचुल्कामा उनको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र टाउकोको बायाँतर्फ चोटैचोट थियो । उनको मृत्युको कारण टाउकोको चोट भएको पोस्टमार्टम रिपोर्ट आयो ।

त्यसपछि गुरुङ गाउँ छोडेर भागे । उनी कतार र बहराइनमा वैदेशिक रोजगारीका लागि गएका थिए । उनै गुरुङलाई पक्राउ गर्न कास्की प्रहरीले यही असोजदेखि प्रक्रिया सुरु गर्‍यो । असोज ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो ।

प्रहरीले इन्टरपोल शाखाबाट १२ असोजमा रेड नोटिसको लागि सिफारिस पठायो । खोजी गर्दा गुरुङ बहराइनमा रहेकोले अन्तर्राष्ट्रियता खोजतलास एवं पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको थियो ।

सबै प्रक्रिया पूरा गरेर इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले आरोपीलाई फागुन २४ गते नेपाल ल्यायो । त्यसपछि कास्की प्रहरीले उनलाई जिल्लामै ल्याएर अनुसन्धान अघि बढाएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘यो कास्कीका लागि पहिलो घटना हो । सम्भवतः नेपालकै लागि पनि करिब पहिलो होला । रेसिप्रोकल सिस्टममा हामीले यसरी अपराधी ल्याउन सकेका थिएनौँ’ उनले भने, ‘हामीलाई बहराइन प्रहरीले राम्रो सहयोग गर्‍यो । अब बहराइनका कोही अपराधी नेपालमा रहेछन् भने हामीले पनि उनीहरूलाई बुझाउने शर्तमा यो काम भएको हो ।’ नेपाल प्रहरीले विदेशमा लुकेका अपराधीलाई सीधै समातेर ल्याउने सन्धि छैन ।

‘अहिलेसम्मका घटनामा कुनै अपराधी विदेशमा रहेछ भने त्यहाँको सरकारले देश निकाला गरिदिन्छ । अनि नेपाल प्रहरीले समात्ने हो,’ उनले भने, ‘अहिले चाहिने नेपाल प्रहरी नै गएर उताको सरकारले देश निकाला नगरीकन समातेर ल्याएको हो ।’ योसँगै अर्को एउटा घटनाको आरोपी पनि विदेशमा रहेकोले उक्त ब्यक्तिको खोजी सुरु भएको तिवारीले बताए । कास्की प्रहरीले यसलाई निकै ठूलो उपलब्धिको रूपमा लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : २६ बजे

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन