वि.सं. २०४३ मा लायन्स क्लब, काठमाडौँले वितरण गरेको अवार्डलाई पहिलो फिल्म अवार्ड मानिन्छ। त्यतिबेला कान्छी फिल्म उत्कृष्ट ठहरिएको थियो भने शिव श्रेष्ठले उत्कृष्ट नायक र शर्मिला मल्लले उत्कृष्ट नायिकाको अवार्ड जितेका थिए। त्यसपछि विस्तारै नेपालमा अवार्डको लहर छायो। तर, अधिकांश अवार्ड एक-दुईपटक गरेर बन्द भए। नेपाल चलचित्र संघले प्रदान गर्दै आएको मोसन पिक्चर अवार्ड तीन वर्षमै बन्द भयो। केही वर्ष अगाडि प्रिया सिने पत्रिकाले अवार्ड बाँडेको थियो तर दोस्रो संस्करणसमेत हुन पाएन। एक/डेढ दशक अगाडि बिजी भन्ने अर्को फिल्म अवार्ड गरिएको थियो। प्रियाजस्तै एक वर्षमै बन्द भयो। त्यस्तै, नेपाल वान टीभीको अवार्डले पनि निरन्तरता पाउन सकेन।
तर, पछिल्लो समय नेपालमा बर्षेनी थुप्रै अवार्डहरु भइरहेका छन्। फिल्मकर्मी, संगीतकर्मी वा विधागत क्षेत्रलाई समेटेर प्रोत्साहन गर्ने उदेश्यले अवार्ड आयोजना गर्ने गरिन्छ। अवार्डले सम्बन्धित क्षेत्र वा विधामा कार्यरतलाई उत्साह थप्नेसँगै काम गर्ने प्रेरणा मिल्ने विश्वास छ। यद्दपी पछिल्ला वर्षमा बढ्दो अवार्ड आयोजनाहरुले यसको प्रतिष्ठासमेत घटाइरहेको छ। नेपाली रंग क्षेत्रलाई समेटेर हुने गरेको अवार्डको गुणस्तर भन्दा संख्या बढेको आरोप लागिरहेकै अवस्थामा कोरोना भाइरसले महामारी निम्त्यायो।
विस्तारै नेपालमा अवार्डको लहर छायो। तर, अधिकांश अवार्ड एक-दुईपटक गरेर बन्द भए। नेपाल चलचित्र संघले प्रदान गर्दै आएको मोसन पिक्चर अवार्ड तीन वर्षमै बन्द भयो।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनमा भेटिएको कोरोना भाइरसले विश्व नै ठप्प बनायो। यसबाट नेपाल अछुतो रहने कुरै भएन। नेपालमा पनि विश्वका अन्य देश झै सबै क्षेत्र ठप्प भए। कोरोना भाइरसको पहिलो लहरको कारण भएको लकडाउन पश्चात पनि फिल्म क्षेत्रलाई भने लयमा फर्किन समय लागिरहेको छ। पहिलो लकडाउन सकिएको केही समयमै दोस्रो, तेस्रो पटक लकडाउन हुँदा मनोरञ्जन क्षेत्रले अन्य भन्दा बढी सास्ती खेप्नु पर्यो। गीतसंगीत र त्यसको म्युजिक भिडियो निर्माणले तीव्रता पाएता पनि फिल्मले लय समात्न समय लागिरहेकै छ।
कोरोना भाइरसको कारण थालिएको फिल्म क्षेत्र कसरी पुनः लयमा फर्काउने भन्ने विषयमा राम्रै बहस पनि भयो। हल संचालनमा आएपछि विदेशी फिल्मले गरेको व्यापारले दर्शक हलसम्म आउनेमा दुईमत रहेन। गएको दुइ वर्षमा नेपाली फिल्मलाई लक्षित गरेर गरिने अवार्ड पनि रोकिए। कोरोना भाइरसको महामारीको कारणले गर्दा फिल्म प्रदर्शनमा नआएपछि अवार्ड स्थगित भए। नेपाल सरकारको तर्फबाट आयोजना गरिने राष्ट्रिय दीर्घसाधना सम्मान तथा पुरस्कार, नेपाल चलचित्र प्राविधिक संघको फिल्म अवार्ड, डिजिटल सिने अवार्ड, नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) राष्ट्रिय अवार्ड, कामना फिल्म अवार्ड, एलजी सिने सर्कल अवार्ड, बक्स अफिस फिल्म अवार्ड, फान अवार्ड, इनास अवार्ड लगायतका अवार्ड कोरोना भाइरसको महामारी अगाडि भइरहेका फिल्म अवार्ड हुन्।
पहिलो लकडाउन सकिएको केही समयमै दोस्रो, तेस्रो पटक लकडाउन हुँदा मनोरञ्जन क्षेत्रले अन्य भन्दा बढी सास्ती खेप्नु पर्यो। गीतसंगीत र त्यसको म्युजिक भिडियो निर्माणले तीव्रता पाएता पनि फिल्मले लय समात्न समय लागिरहेकै छ।
यीमध्ये केही अवार्डहरु निरन्तर थिए भने केही निरन्तर हुन् सकेका थिएनन्। कोरोना भाइरसको महामारीले सिर्जित अवस्थाका कारण यी अवार्ड हुन् सकेका छैनन्। नेफ्टाले भने ९ औँ संस्करणपछि रोकिएको आफ्नो अवार्डको १० औँ संस्करण गत वर्ष नेपालमै सम्पन्न गरेको छ। अन्य निरन्तर भइरहने अवार्ड आयोजना हुने तरखरमा छन्। चैत्र २६ गते डिसीने अवार्ड हुँदैछ। एलजी सिने सर्कल अवार्डको आयोजना छिटै हुने कार्यक्रम निर्देशक दिनेश डिसीले बताएका छन्। यी अवार्डहरु दुई वर्षको अन्तरालमा हुन् लागेका हुन् भने केही अझै हुने तय छैन। तर, कोरोना भाइरसको महामारीका कारण भएको पहिलो लकडाउन पश्चात अवस्था सामान्य हुँदै गएपछि धेरै अवार्ड भए। ती सबै अवार्डले पहिलो संस्करण गरिरहेका थिए।
फिल्मलाई पनि समेटेर गीतसंगीतका विधा धेरै राखेर त्यो समयमा अवार्डचाहिँ एक दर्जनभन्दा बढी भए। नेपालमा मात्र होइन, विदेशमा समेत नेपाली फिल्म तथा गीतसंगीत जोडेर अवार्ड समारोह सम्पन्न भयो। आउँदो समयमा अवार्डको ताँती तुलनात्मक रूपमा अझ बढी हुने देखिन्छ। तर, अवार्डको संख्या बढाउदै गर्दा स्तरीयता बढाउने होइन खस्काउने काम भयो। पछिल्लो समय अवार्डलाई विदेश जाने टिकेटको रुपमा हेर्न थालिएको छ।
फिल्मलाई पनि समेटेर गीतसंगीतका विधा धेरै राखेर त्यो समयमा अवार्डचाहिँ एक दर्जनभन्दा बढी भए। नेपालमा मात्र होइन, विदेशमा समेत नेपाली फिल्म तथा गीतसंगीत जोडेर अवार्ड समारोह सम्पन्न भयो।
केही अवार्ड यस्ता भएका छन्, जहाँ अवार्ड लिने र दिनेको मात्र उपस्थित हुन्छन् । दशक अगाडि आयोजना हुने अवार्डले रौनकता ल्याउथ्योे। अवार्ड कति पारदर्शी थियो ? त्यसमा बहस त छदैछ, यद्दपि पाउनेको चर्चा हुन्थ्यो नै। तर, पछिल्लो समय हुने गरेका केही अवार्डले भने गरिमा निकै खस्काएको छ। यहाँ त अवार्ड ‘सेटिङ’ हुन्छ भन्ने चर्चा अन्य क्षेत्रमा समेत हुन् थालेको छ। अवार्डलाई लिएर यसक्षेत्रसँगै अन्य क्षेत्रमासमेत सकारात्मक संदेश प्रवाह भएका छैनन्। कोरोना भाइरसको महामारीले गर्दा नियमित रुपमा हुँदै आएका अवार्ड हुन् नसक्दा अन्य अवार्ड भने हप्तामै तीन वटासम्म भए। प्रशस्त गृहकार्य बिना नाफा कमाउने र अन्य फाइदा लिने स्वार्थ बोकेका अवार्ड बढ्नु यसक्षेत्रका सुखद पक्ष होइन।
अवार्डको संख्या बढ्नु आफैँमा नराम्रो होइन। तर, गुणस्तरीय र विश्वसनियता कायम गर्न नसक्नुले नै पछिल्लो समय अवार्ड बदनाम हुन् थालेका छन्। यस्तो विकृति हावी भएपछि अवार्डप्रतिको आमदृष्टिकोण स्वाभाविक रूपमा नकारात्मक बनाएको छ। विकृति यति आकासिएको छ कि अवार्डमा लिने र दिनबाहेक देखिन नै छाडेका छन्। त्यसो त अवार्ड आफूले पाउने ग्यारेन्टी नभएसम्म समारोहमा नपुग्ने धेरै छन्। अवार्ड वितरणमा आयोजकको प्रकृति र नियत स्पष्ट नभएकाले समस्या उत्पन्न हुने क्रम बढ्दो छ। विगत दुई वर्ष यता गर्न नसकेको अवार्ड छिट्टै हुने दिनेश डिसीले बताए। उनी रोकिएका सबै अवार्ड एकसाथ गर्ने पक्षमा छैनन्। उनले एलजी सिने सर्कल अवार्डका रोकिएका अवार्डहरु आउँदो वर्षमा सम्पन्न गर्ने बताए।
दशक अगाडि आयोजना हुने अवार्डले रौनकता ल्याउथ्योे। अवार्ड कति पारदर्शी थियो ? पाउनेको चर्चा हुन्थ्यो । तर, पछिल्लो समय हुने गरेका केही अवार्डले भने गरिमा निकै खस्काएको छ।
‘मैले अवार्डमा निम्त्याएको गेस्टको समय नमिल्दा र कोरोना महामारीकै कारण नभएको हो, ‘डिसी भन्छन् , ‘हामी क्रमशः अवार्ड गर्दै लानेछौं।’ तर, विगत दुई वर्ष यता भइरहेको अवार्डको संख्या देखेर डिसी पनि चकित छन्। उनलाई पनि ती अवार्ड आउँदो समयमा पनि निरन्तर रुपमा होलान् ? भन्ने जिज्ञासा छ। ‘जति धेरै अवार्ड भयो त्यति नै प्रतिस्पर्धा हुन्छ। त्यसैले ती अवार्डले हामीलाई अझै राम्रो गर्ने चुनौती दिने गरेका छन्। अवार्ड के कस्तो त्यो त मापन गर्दिनँ। किनकी त्यसको मापन कलाकर्मी र दर्शकले गर्नुहुन्छ’ डिसीले भने। उनले अवार्डमा उदाउँदै गरेका सम्पूर्णलाई शुभकामना दिँदै निरन्तरताको समेत कामना गरे।
कामना फिल्म अवार्डका आयोजक समिति सदस्य विदुर गिरीले कोरोना भाइरसको समयमा स्वास्थ्य प्राथमिकतामा भएकाले अवार्ड गर्न नसकिएको बताए। ‘अवार्ड गर्दा सम्बन्धित विधाका सर्जकलाई प्रोत्साहन होस् भन्ने उदेश्यका साथ गरिन्छ। त्यसैले गर्दा अब गरिने अवार्ड पुराना फिल्मलाई लिएर गर्ने कि नयाँलाई गर्ने भन्ने विषयमा निर्णय भएको छैन’, सदस्य गिरीले बताए। उनले कोरोना भाइरसको कारण सिर्जित अवस्थामा नेपाली फिल्म निकै कम रिलिज भएका कारण पनि अवार्ड गर्दा सहभागी फिल्मको संख्या कम हुने बताए। २०७६ साल पश्चात नभएको कामना फिल्म अवार्ड कहिले हुन्छ भन्ने अझै यकिन भएको छैन। किनकी कुन वर्षका फिल्मलाई समेटेर अवार्ड गर्ने ? भन्ने निर्कौल निकाल्न बाँकी रहेको सदस्य गिरीको भनाइ छ।
‘मैले अवार्डमा निम्त्याएको गेस्टको समय नमिल्दा र कोरोना महामारीकै कारण नभएको हो, ‘डिसी भन्छन् , ‘हामी क्रमशः अवार्ड गर्दै लानेछौं।’ तर, विगत दुई वर्ष यता भइरहेको अवार्डको संख्या देखेर डिसी पनि चकित छन्।
कोरोना भाइरसको कारण भएको लकडाउनपछिको समयमा एकवर्ष हल राम्रोसँग संचालन नै भएनन्। भएता पनि केही फिल्म मात्र प्रदर्शनमा आए। यद्दपी उक्त समयमा भएको अवार्डले अघिल्ला वर्षका फिल्म वा गीतसंगीतलाई आधार मानेर वितरण गरे। अवार्डबाट गुनासो आउने गरेता पनि त्यसमा केही गर्न सक्ने अधिकार नभएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउछन्। ‘हामीले गुनासो सुनेता पनि त्यहाँ गर्न सक्ने केही छैन। यद्दपी हामी मापदण्ड बनाउने तयारीमा छौँ। त्यसले अधिकार दिएमा हामी अवश्य निगरानी गर्नेछौँ’ अध्यक्ष दाहालले बताए। उनले फिल्मकर्मी वा संगीतकर्मीलाई सम्मान गर्नु राम्रो कार्य भएता पनि विकृति फैल्याउने गरी भइरहेका केही अवार्डले सम्पूर्ण अवार्डको गरिमा घटाइरहेको छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै भरमा जसले पनि जसरी पनि अवार्ड गर्दा विकृति फैलिएको उनको पनि बुझाइ छ।
उनी बोर्ड अध्यक्ष भएपछि अवार्ड हुन् सकेको छैन। कोरोना भाइरसको कारणले गर्दा अवार्ड हुन् नसकेको उनले बताए। पछिल्लो समय जुरीले फिल्म हेरेर निर्णय बोर्डलाई बुझाइ सकेका छन्। ‘२०७६ सालको फिल्म र ०७७ मा रिलिज भएका फिल्म हेरेर गरेको निर्णय हामीलाई जुरीले सुम्पि सकेका छन्। अब छिटै नै राष्ट्रपतिको समय मिलाएर अवार्ड समारोहको आयोजना गर्ने तयारी भइरहेको छ’, अध्यक्ष दाहालले भने। उनले बोर्ड एक महिना भित्रमै अवार्ड गर्ने तयारीमा रहेकोसमेत जनाए।
फिल्मकर्मी वा संगीतकर्मीलाई सम्मान गर्नु राम्रो कार्य भएता पनि विकृति फैल्याउने गरी भइरहेका केही अवार्डले सम्पूर्ण अवार्डको गरिमा घटाइरहेको छ। जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै भरमा जसले पनि जसरी पनि अवार्ड गर्दा विकृति फैलिएको छ।
अवार्ड आयोजना गर्ने आयोजकको उदेश्यको कारण नव अवार्ड विश्वनीय हुन् नसकेको नेफ्टा अध्यक्ष पुस्कर लामाले बताए। ‘अवार्ड गर्नेको उदेश्य गलत हुँदा न त्यो अवार्डले निरन्तरता पाउँछ नत राम्रो रिजल्ट नै दिन्छ। अवार्ड आयोजना कसैको स्वार्थ पूर्ति गर्ने माध्यम बन्नु हुँदैन’ अध्यक्ष लामाले भने। उनले बढ्दो अवार्ड चिन्ताको विषय नभएको बताएता पनि विकृतिले भने अवार्डको गरिमा घटाइरहेको स्वीकारे। उनले सरकारको तर्फबाट त्यस्ता उदेश्यमुखी अवार्डमा नियमन गर्नु पर्ने वा सो अधिकार मातहतको चलचित्र विकास बोर्डमा प्रदान गर्नु पर्नेमा समेत जोड दिए। ‘नियमन नगर्दा त्यसले विकृति फैल्याउन सक्छ। त्यसैले बेलैमा सचेत बन्दै अवार्ड आयोजना गर्न दिने स्वीकृति पूर्वनै कडाई गर्नुपर्छ’ अध्यक्ष लामाले भने। उनले आफ्नो संस्थाले गर्दै आइरहेको नेफ्टा फिल्म अवार्ड दसंै अगाडि नै गर्ने तयारी रहेको बताए।
डिजिटल फिल्मलाई समेटेर दशक अगाडि देखिनै अवार्ड गर्दै आइरहेका छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रिय पनि आफ्नो अवार्ड चैत्र २६ मा गर्दैछन्। ‘कोरोना भाइरसको समस्याले रोकिएको अवार्डबाट नै हामी संस्करण सुरु गर्दैछौँ’, उनले भने। अवार्ड सुरु हुने समयमा डिजिटल फिल्म कमै बन्ने भएता पनि उनले आउँदो समयलाई हेरेर लिएको निर्णय अहिले सार्थक भएको छ। ‘हामीले पहिलो संस्करणमा २ फिल्म मात्र पाएका थियौं। अन्य भिडियो फिल्मलाई लिएर अवार्ड गर्न बाध्य भयौं। किनकी त्यो समयमा डिजिटल फिल्म बनेका थिएनन् तर बन्ने प्रक्रियामा थिए’, अध्यक्ष शान्तिप्रियले भने।
अवार्ड समारोहको आयोजना गर्दैगर्दा पारदर्शिताको प्रश्नको सामना गरिरहेका शान्तिप्रिय अवार्डले सबैलाई सन्तुष्ट बनाउन नसकेको बताउछन्। आफ्नो अवार्डको आयोजना अनुभव र अन्य अवार्डमा जुरी रहदाको अनुभवका आधारमा उनले अवार्डको निष्पक्षतामा प्रश्न उठिरहने स्वीकारे। ‘यहाँ अवार्ड पाउनेलाई सबै निर्णय सही लाग्छ र नपाउनेलाई गलत। त्यसैले कसैले निष्पक्ष भयो भन्छन् त कसैले मिलेमतोमा छ’, उनले भने। उनले पछिल्लो समय बढ्दो अवार्डको संख्याले विश्वसनीयता बढाउनु नसक्नु दुःखद पक्ष रहेको औल्याए।
करिब सात हजार जुरी हुने ओस्कार अवार्डमा हलिउडमा एक वर्षभर प्रदर्शन भएका फिल्मबीच उत्कृष्ट छानिन्छ, निर्मातासँग आयोजक र जुरीको प्रत्यक्ष साक्षात्कार हुनुपर्दैन, सम्बन्ध हुनुपर्दैन।
उसो त संसारभरका फिल्म अवार्डमा विवाद हुनु सामान्य मानिन्छ। अवार्ड पाउँदा मक्ख पर्ने, नपाउँदा विरोध गर्ने प्रवृत्ति बाहिर पनि छ। ओस्कार र कान्सजस्ता निकै प्रतिष्ठित अवार्ड पनि कहिलेकाहीँ विवादमा पर्छन्। तर, ती अवार्डको नियत र प्रक्रिया पारदर्शी हुने भएकाले बढी विश्वसनीय छन्। जस्तो : करिब सात हजार जुरी हुने ओस्कार अवार्डमा हलिउडमा एक वर्षभर प्रदर्शन भएका फिल्मबीच उत्कृष्ट छानिन्छ, निर्मातासँग आयोजक र जुरीको प्रत्यक्ष साक्षात्कार हुनुपर्दैन, सम्बन्ध हुनुपर्दैन। कान्सको हकमा त्यहीँ प्रदर्शन भएका फिल्मबीच मात्र प्रतिस्पर्धा हुन्छ र निश्चित जुरी तोकिएका हुन्छन्। छिमेकी मुलुक भारतमा भने उत्कृष्ट चयन र वितरण प्रणाली उति पारदर्शी र स्तरीय मानिँदैन। आयोजकको नियत, जुरीको क्षमता र योग्यता, अवार्डको मापदण्ड र प्रकृतिजस्ता पक्ष स्पष्ट नहुँदा अवार्ड मर्यादित हुन् सकेको छैन।
प्रतिक्रिया