रुसी आक्रमणका कारण युक्रेनी समुद्र र बन्दरगाहमा फसेका १ हजार जहाजीको बिचल्ली « Khabarhub

रुसी आक्रमणका कारण युक्रेनी समुद्र र बन्दरगाहमा फसेका १ हजार जहाजीको बिचल्ली


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् । 

फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका हुन् ।

उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरूमा आपूर्तिका लागि मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएको समाचार संस्था एएफपीले जनाएको छ ।

रुसी आक्रमणका कारण युक्रेनी समुद्र तथा बन्दरगाहमा फसेका जहाजमा खानेकुरा, इन्धन, सफा पानी र अरु अत्यावश्यक वस्तुहरूको अभाव देखा पर्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १२ : १४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट