पिपल चौतारी गजल साँझ सम्पन्न « Khabarhub

पिपल चौतारी गजल साँझ सम्पन्न


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउथवेस्टन साहित्य समाज, बसुन्धरा काठमाडौँले पिपल चौतारी गजल साँझ २०७८ आयोजना गरेको छ ।

Avatar

साउथवेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा आयोजित गजल गायन र वाचन कार्यक्रममा करिब सय जनाको उपस्थिति थियो । कार्यक्रममा २६ जना गजलकारले गजल वाचन गरेका थिए ।

Avatar

गजल अरबी साहित्यमा सिर्जना भई उर्दू, फारसी, हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको कविता उपविधा अन्तर्गत पर्छ । नेपाली गजल भन्ने बित्तिकै गजलकार मोतीराम भट्ट र उनको मोतीमण्डलीलाई स्मरण धेरैले गर्छन । माया र प्रेम भाव व्यक्त हुने, श्रृंङ्गारिता प्रधान, लयबद्ध, अनुप्रासयुक्त, गायन र वाचन दुबै गर्न सकिने पद्यमय रचना गजल हो ।

Avatar

काफिया, रदिफ, सेर, मिसरा, मतला, मकता, तखल्लुस यसका प्राविधिक पक्ष हुन् । गजल निकै पुरानो, लोकप्रिय र चर्चित रहेको छ । साउथवेस्टन साहित्य समाजद्वारा आयोजित पिपल चौतारी गजल साँझका वक्ताले पनि यिनै विचार व्यक्त गरेका थिए ।

Avatar

साउथवेस्टन कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले शुभकामना मन्तव्य राख्दै साउथवेस्टन कलेज परिसरमा रहेको करिब डेढ सय वर्ष पुरानो पिपलको चौतारीमा साँझको समयमा चकटीमा बसेर माया प्रेम, अर्थ, राजनीति, व्यवस्थापन जस्ता विषय समेटिएका हार्दिकता, कोमलता र सुन्दरताका भावमय गजल वाचन गर्दा डेढ सय वर्ष पुरानो मोतीराम भट्ट र उनको भजन मण्डलीको सम्झना आएको बताए ।

Avatar

कार्यक्रममा सिद्धिनारायण आचार्य, सन्तोष अमागाई, वसन्त वली वसन्ती, नारायण काँइलो, अल्पज्ञानी, शशी शर्मा मजगैया, उदास कार्की, एचके लामिछाने, राजेन्द्र घिमिरे सागर, रेणुका भण्डारी, मुकुन्दराज कँडेल, विप्लव निसानी, दुर्गाकिरण तिवारी, डा. प्रदीप मैनाली, विदुर अधिकारी देवदूत, प्रमोद थापा, देवेन्द्र अर्याल आँसु, धुव्रप्रसाद तिमल्सिना, बलराम दाहाल, भैरवी भूगोल, त्रिभुवनचन्द्र वाग्ले, शुसान्त न्यौपाने, रवि प्रञ्जल, ललितजङ रावल र रामबहादुर पहारीले गजल गायन तथा वाचन गरेका थिए ।

Avatar

Avatar

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १ : ५४ बजे

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा