नजुरेको जोडी  « Khabarhub

नजुरेको जोडी 


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउडमा नजुरेको जोडीमा पर्छन् सलमान खान र दीपिका पादुकोण ।

 शाहरुखको फिल्म ‘ओम शान्तिओम’ मार्फत् बलिउडमा उदाएकी अभिनेत्री दीपिकाले सलमानसँग स्क्रिन सेयर गर्न पाएकी छैनन् । दीपिकाले सलमानसँग काम गर्न चाहे पनि यो अवसर मिलेको छैन ।

सलमानले प्राय: आफ्नै ब्यानरका फिल्म गरिरहेकाले पनि दीपिकासँग जोडी नबाँधिएको हो । बेलाबखतमा रियालिटी शो मा देखिने सलमान र दीपिकाले सँगै फिल्म गर्ने इच्छा रहेको बताउने गरेका छन् । 

‘मलाई तपाईँसँग फिल्ममा जोडी बन्ने इच्छा छ । तर, किन मिलिरहेको छैन’, दीपिकाले पछिल्लो समय बिग बोसमा भेट हुँदा सलमानलाई भनेकी थिइन् । सलमानले पनि आफू स्क्रिन सेयर गर्न तत्पर रहेको बताएका थिए । तर,  त्यो पूरा हुन सकेको छैन । सलमानले गरिरहेको फिल्ममा हिरोइनको रोल सशक्त नहुने भएकाले पनि त्यो सम्भव भएको छैन । यसैबीच दीपिकाले पछिल्लो समय अभिनय गरेको फिल्म ‘पठान’ मा सलमानले केमियो गरेका छन् । उनले फिल्ममा ‘टाइगरु’ कै भूमिका निर्वाह गरेका हुन् ।  

‘पठान’ को केमियोमा सलमानले दीपिकासँग स्क्रिन सेयर गरेको चर्चा बि–टाउनमा छ । सामाजिक सञ्जालमा एक्सनका दृश्यमा सलमान र शाहरुख खानसँगै दीपिका पनि देखिएको चर्चा चलिरहेको छ ।  यस विषयमा फिल्म टिमले आधिकारिक रूपमा केही बोलेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका