युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर « Khabarhub

युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । बीबीसीले जनाएअनुसार रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक नेतृत्व हेरफेर गरेको हो ।

बीबीसीको समाचारमा जनाइएअनुसार जनरल अलेक्जेन्डर दिभोर्निकोभलाई युक्रेनमा रुसी सैनिक गतिविधिको नेतृत्व गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ ।

यसअघि युक्रेनका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै रुसी कमान्डरले युद्ध चलाइरहेको बताइएको छ । जनरल दिभोर्निकोभसँग सिरियामा रुसी कारवाहीमा राम्रो अनुभव रहेको पश्चिमा अधिकारीहरुले बताएका छन् ।

नाम नबताउने स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसअघि दिभोर्निकोभ रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर थिए । युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ ।

अपेक्षा अनुसार सैनिक लक्ष्य हासिल गर्न नसकेको र किभ जस्ता मुख्य शहरमा पनि नियन्त्रण जमाउन नसकेका कारण अहिले रुसी सेना पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ३ : ५० बजे

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत