एक सय लगानीकर्ता सदस्यबाट ५० करोड लगानी गर्ने अभियान « Khabarhub

एक सय लगानीकर्ता सदस्यबाट ५० करोड लगानी गर्ने अभियान


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मोर्डन युथ फोर सोसाइटी भक्तपुरले मानन्धर समुदायको व्यापार व्यवसाय प्रवर्द्धनका लागि एक गोष्ठीको आयोजना गरेको छ ।

भक्तपुर जिल्ला मानन्धर युवा संघ र स्काई इन्टरनेशनल ग्रुप प्रालिको सहकार्यमा पूर्व सहरी विकासमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा गोष्ठी आयोजना भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मानन्धरले पानसमा दीप प्रज्वलन गरी गोष्ठीको उद्घाटन गरेका थिए । भक्तपुर कमल विनायकस्थित केभी लञ्ज तथा जगातीको छूयाला पसलको आयोजनामा गरिएको कार्यक्रमको सभापतित्व ग्रहण गर्दै सोसाइटीका अध्यक्ष शिव मानन्धरले नयाँ सोच र विचारका साथ व्यापारव्यवसाय प्रवर्द्धन एक सय लगानीकर्ता सदस्यबाट करिब ५० करोड लगानी गर्ने अभियान सञ्चालन भइरहेको बताए ।

मानन्धर समुदायको परम्परागत व्यवसायलाई परिष्कृत र आधुनिक बनाउन तथा नयाँ पुस्तालाई उद्यमी बनाउन उत्प्रेरित गर्न स्काई इन्टरनेशनलको समेत सहयोगमा विभिन्न उद्यमशीलता विकास कार्यक्रम प्रवर्द्धन योजनामा रहेको उनले जानकारी दिए ।

स्काई इन्टरनेशनलका अध्यक्ष केपी अवाल, पूर्व मिस नेपाल इभाना मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे मानन्धर, संस्थाका महासचिव रामकृष्ण मानन्धर, योङ अन्तरप्रोन्योर्स संघका अध्यक्ष रोहित मानन्धर, केन्द्रीय मानन्धर संघका युवा कोअर्डिनेटर सन्देश मानन्धर, काभ्रे उद्योग वाणिज्य संघका राकेश मानन्धरलगायतका सहभागी अतिथिहरूले नयाँ वर्ष तथा विस्का जात्राको शुभकामना आदान प्रदान गर्दै व्यवसाय प्रवर्द्धनमा सङ्गठित र व्यवस्थित रूपले समाजलाई आवश्यक वस्तु उत्पादन, प्रवर्द्धनका लागि लगानी तथा रोजगार वृद्धि गर्ने विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ३६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको