गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा « Khabarhub

गाउँपालिका अध्यक्षको घरमा माओवादी केन्द्रका कार्यकर्ताद्वारा ढुंगामुढा


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रको अदानचूली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन् ।

गएको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

अदानचूली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै सङ्ख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन् । घरमा समेत सामान्य क्षति पुगेको रेडियो श्रीनगरका कालीबहादुर थापाले जानकारी दिए ।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर घटना नियन्त्रण लिन खोज्दा प्रहरी असई कृष्ण बुढालाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

गाउँपालिका केन्द्र समेत रहेको श्रीनगरमा प्रहरी चौकी भए पनि जनशक्ति कमी भएका कारण नजिकका प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै एउटा पसल र होटेलमा तोडफोडका साथै कार्यकर्तामाथि हातपातसमेत गरेको आरोप लगाएका थिए ।

त्यसको प्रतिवाद स्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचूलीले विज्ञप्ति निकालेर जानकारी गराएको हो । अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको प्रहरीले जनाएको छ । दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने देखिएको छ ।

घटनाको क्षतीका बारेमा केही जानकारी नआएको र घटनाका दोषी कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको जिल्ला स्तरका नेतासँग छलफल भई रहेको प्रहरी नायव उपरीक्षक कृष्ण बजाले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : २१ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा