जी-बबले गाए ‘ए मेरो हजुर ४’ को गीत (भिडियो) « Khabarhub

जी-बबले गाए ‘ए मेरो हजुर ४’ को गीत (भिडियो)


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जी–बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले फिल्ममा गीत गाएका छन् ।

उनको पार्श्वगायन रहेको पहिलो गीत ‘भाग भाग अब धेरै न दे धाक’ रिलिज भएको छ ।

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ मा समावेश गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो ।

‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेपछि जी-बबको पहिलो अफिसियल गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म गीत एक लाख भ्युज सहित ७ नम्बर ट्रेन्डिङमा रहेको छ ।

निर्माण पक्षले गीतको छोटो भर्जनलाई मात्र सार्वजनिक गरेको छ ।

‘फिल्मको गीतको छोटो भर्सनलाई सार्वजनिक गरेका छौँ । पूरा गीत फिल्ममै मात्र हुनेछ’ निर्देशक झरना थापाले भनिन् ।

पहिलो गायनमा नै जी-बबको स्वरलाई श्रोताले रुचाएका छन् ।

फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ८ : १३ बजे

जेनजी शहीद दीपकसिंह साउदको परिवारलाई रोजगारी

बैतडी– गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा शहादत

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ– विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा

बलिउड ग्ल्यामरका असफल सम्बन्ध : पर्दामा रोमान्स, जीवनमा विछोड ‌

बलिउड केवल ग्ल्यामर, चमक र रोमान्सको संसार मात्र होइन, यो

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए