संत्रासको राजनीति : ‘भोट देऊ, नत्र गब्बर सिंह आउँछ’ | Khabarhub Khabarhub

संत्रासको राजनीति : ‘भोट देऊ, नत्र गब्बर सिंह आउँछ’



वैशाख २२ गते भरतपुरमा आयोजित सत्ता गठबन्धनका शीर्ष नेताको सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुत्री रेणु दाहाललाई भोट दिन नचाहनेप्रति धाकधम्कीकै भाषा बोलेपछि अहिले त्यसको व्यापक आलोचना भइरहेको छ।

‘हँसिया हथौडालाई भोट नदिए देश दुर्घटनामा पर्नसक्छ’ भनेर दाहालले जनतामाझ भय र आतंक सिर्जना गर्न खोजेका छन्। अप्रत्यक्ष रुपमा उनले ‘हामीलाई भोट नदिए ठिक नहुने’ धम्की दिएका छन्। यो भाषा करीबकरीब हिन्दी चलचित्रको ‘हफ्ता दो, बरना’ भन्ने डाइलगजस्तै छ।

आखिर भरतपुरमा छोरी रेणु दाहालले हारेमा देशमा उत्पन्न हुनसक्ने दुर्घटना चाहिँ के हो ? कुनै नेताकी छोरी हार्दैमा दुर्घटनामा परीहाल्ने हाम्रो देश र लोकतन्त्र त्यत्ति कमजोर भइसकेको हो त ? पक्कै होइन।

आखिर भरतपुरमा छोरी रेणु दाहालले हारेमा देशमा उत्पन्न हुनसक्ने दुर्घटना चाहिँ के हो ? कुनै नेताकी छोरी हार्दैमा दुर्घटनामा परीहाल्ने हाम्रो देश र लोकतन्त्र त्यत्ति कमजोर भइसकेको हो त ? पक्कै होइन।

दाहालले यो धम्की आम रुपमा भरतपुरलगायत देशभरका मतदाता र विशेष रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको स्पष्टै छ। दाहालले भन्न खोजेको के हो भने उनकी छोरी हारेको खण्डमा सत्ता गठबन्धन तोडिने मात्र होइन, आगामी प्रदेश र संघको चुनावमा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्नसक्नेछ। दाहालले संबोधनकै क्रममा भनेका थिए, ‘रेणुलाई जिताइयो भने गठबन्धन २० वर्षसम्म जाने म ग्यारेन्टी गर्छु।’

जनतामाझ ‘दुर्घटना’को त्रास देखाएर मत हासिल गर्न खोज्नु स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने हरेकलाई पाच्य छैन। पक्कै पनि, रेणुले चुनाव हारेको खण्डमा माकेको मात्र हैन, दाहाल परिवारकै राजनीति चाहिँ दुर्घटनामा पर्नेछ।

उच्च प्रतिष्ठाको विषय भइसकेको भरतपुरको मेयरमा रेणु हारेको खण्डमा माओवादी नेतृत्व र स्वयम् दाहालको आत्मविश्वास कमजोर हुनेछ। स्थानिय निर्वाचन परिणामको असर प्रदेश र संघको चुनावी माहौलमा पर्ने भएकाले रेणु हार्दा दाहालको निर्वाचन क्षेत्रसमेत संकटमा पर्नेछ। रेणुको हारपछि स्वाभाविक रुपमा शक्ति र सत्ताको इर्दगिर्द झुम्मिने तप्का नयाँ मेयरको पार्टीमा लाग्नेछ। यसबाट आफ्नो निर्वाचन क्षेत्रमा दाहाल झन् कमजोर बन्नेछन्।

जनतामाझ ‘दुर्घटना’को त्रास देखाएर मत हासिल गर्न खोज्नु स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास राख्ने हरेकलाई पाच्य छैन। पक्कै पनि, रेणुले चुनाव हारेको खण्डमा माकेको मात्र हैन, दाहाल परिवारकै राजनीति चाहिँ दुर्घटनामा पर्नेछ।

देशब्यापी रुपमा दाहालको उपहास हुनेछ। जनताले दाहालको परिवार मोहलाई ‘दरिलो झापड दिएको’, ‘दाहालको राजनीति अब धरापमा परेको’, ‘जनताले माओवादीलाई नरुचाएको’ र ‘दश वर्षे हिंशात्मक विद्रोहको ब्याजसहित बदला लिएको’ आदि अनेक टिका टिप्पणी हुनेछन्। दाहालकी छोरी हार्दा एमाले अध्यक्ष ओलीले गर्ने व्यंग्य र कटाक्षको कुरै नगरौं, जुन दाहालका लागि सुनी नसक्नु, सहीनसक्नु हुनेछ। यसले देशव्यापी रुपमा माकेको मनोबल गिराउनेछ।

६ महानगरपालिकामध्ये एउटामा पनि माओवादी केन्द्रको नेतृत्व नहुनु र छोरीलाई जिताउने घिडकिसोसमेत पुरा नहुनुले दाहालमा पक्कै मौजुदा सत्ता गठबन्धनप्रति मोह भंग हुनसक्छ। नेपाली कांग्रेसप्रति दाहालको आक्रोश घनिभूत हूँदै त्यो सत्तोसरापमा परिणत हुनसक्छ। गठबन्धन धरापमा पर्नसक्छ र यसले बाँकी दुई तहका निर्वाचनमा वाम गठबन्धनको चर्चा सुरु हुनसक्छ।

पँक्तिकारले उल्लेख गरेको यो संभावनाकै डर छ, कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि। यही कारण देउवाले रेणुलाई जिताउन भरतपुरमा मात्र होइन, काठमाडौंको सभामा समेत भोट मागे। भरतपुरमा रेणुलाई उम्मेदवार बनाउन दाहालको भन्दा बढी आफ्नै जोड रहेको भन्नसमेत उनी चुकेनन्।

देउवाले रेणुलाई जिताउन भरतपुरमा मात्र होइन, काठमाडौंको सभामा समेत भोट मागे। भरतपुरमा रेणुलाई उम्मेदवार बनाउन दाहालको भन्दा बढी आफ्नै जोड रहेको भन्नसमेत उनी चुकेनन्।

दाहालले आफ्नो र आफ्नो पार्टीको राजनीतिक भविष्यलाई भरतपुरमा ल्याएर खुम्च्याएका छन्। त्यसैले उनका विरोधी पनि भरतपुरमै बढी केन्द्रित छन्। एमाले अध्यक्ष केपी ओलीदेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसम्मको भाषणमा ‘भरतपुर र रेणु दाहाल’प्रतिकै कटाक्ष छ।

वास्तवमा भरतपुरमा रेणुले जित्दैमा नराम्रो केही भइहाल्ने पनि होइन, उनी हार्दैमा देश दुर्घटनामा पर्ने पनि हैन। हाम्रो लोकतन्त्र त्यति कमजोर छैन कि कसैको हार र जितबाटै तलमाथि पर्ने।

‘भूत’को असर
कम्युनिष्टहरु ‘भूतप्रेत’मा विश्वास गर्दैनन्। आजको आधुनिक वैज्ञानिक युगले पनि भूतप्रेतलाई मान्दैन। प्रेतात्मा या भूत नहोला, तर समयको ‘भूत’ले भने हरेकलाई लखेटीरहेको हुन्छ। माके अध्यक्ष दाहाललाई यतिबेला कालको भूतले लेखेटीरहेको छ। माके अध्यक्ष दाहालमाथि ‘जनयुद्धकाल’देखिको जनआक्रोश यतिबेला भरतपुरमा अभिव्यक्त भएको छ।

दाहालको भूत अप्रिय छ। हजारौं मानिस मारिने गरी भएको निरर्थक क्रान्तिप्रति उनले अहिलेसम्म क्षमा मागेका छैनन्। हिंसाको राजनीतिप्रतिको तीव्र आक्रोशको भूतले अहिले पनि दाहाललाई सताइरहेकै छ।

माओवादीबाट दश वर्षे ‘जनयुद्ध’मा धेरै अत्याचार भएको छ। युद्ध अपराध भएको छ। पढाइरहेका शिक्षकलाई रुखमा बाँधेर हात काटी मारिएको छ। किरिया बसिरहेका मानिसलाई मारिएको छ। चितवनमै पनि बाँदरमुढे घटनाजस्ता अनेकौं घटना भएका छन्, जसको भूतले माओवादीलाई अहिले पनि लखेटिरहेकै छ। बिगतमा आफूबाट भएका कर्मको प्रारब्ध भोग्नैपर्ने श्रीमद्भागवतको दर्शन छ।

दाहालको भूत अप्रिय छ। हजारौं मानिस मारिने गरी भएको निरर्थक क्रान्तिप्रति उनले अहिलेसम्म क्षमा मागेका छैनन्। युद्ध अपराधका अभियुक्त अझै पनि हाकाहाकी खुला रुपमा हिंडिरहेकै छन्। यसर्थ हिंसाको राजनीतिप्रतिको तीव्र आक्रोशको भूतले अहिले पनि दाहाललाई सताइरहेकै छ। उतिबेलादेखि जनतामा माओवादी र यसको नेतृत्वप्रति जुन आक्रोश जमेर रहेको छ, त्यो अझै मेटिन सकेको छैन। यसका पछाडि एउटा अर्को मनोविज्ञानले काम गरेको छ, जुन गम्भीर छ।

१७ हजार नेपाली मारिएको भए पनि देश बन्छ भने ‘जनयुद्ध’ क्षम्य हुनसक्थ्यो। तर, शान्ति प्रकृयामा माओवादी सहभागी भएर संसदीय राजनीतिमा होमिएको डेढ दशकमा यो पार्टीका नेता पनि सत्ता, सुविधा, पद, परिवारमोह, नातावाद र कृपावाद अनि धन आर्जनमा लिप्त रहेपछि यतिबेला ‘जनयुद्ध’कै औचित्यमाथि प्रश्न खडा भएको छ।
आखिर राणा र शाह झैं दाहालले पनि आफ्नै वंशलाई उत्तराधिकारी बनाउन मरिहत्ते गर्ने हो भने वंशवादमा आधारित राजतन्त्र फालेर गणतन्त्र ल्याउनुको के अर्थ ? हजारौंको बलिदानीको के अर्थ ? छोरी, बुहारी, भाइ, ज्वाइँ र सम्धिकै लागि सीमित गणतन्त्रका लागि निर्दोष जनता मारिनुपर्ने ? अनि सोही हिंसात्मक विद्रोहका संचालकलाई नै भोट हाल्नुपर्ने ? भन्नेजस्ता अनेक प्रश्नको भूतले बारम्बार दाहाललाई लखेटिरहेकै छ।

१७ हजार नेपाली मारिएको भए पनि देश बन्छ भने ‘जनयुद्ध’ क्षम्य हुनसक्थ्यो। तर, शान्ति प्रकृयामा माओवादी सहभागी भएर संसदीय राजनीतिमा होमिएको डेढ दशकमा यो पार्टीका नेता पनि सत्ता, सुविधा, पद, परिवारमोह, नातावाद र कृपावाद अनि धन आर्जनमा लिप्त रहेपछि यतिबेला ‘जनयुद्ध’कै औचित्यमाथि प्रश्न खडा भएको छ।

आक्रोशको अभिव्यक्ति
यसै कारण, उच्च तहमा गठबन्धनको औचित्यका पछाडि जतिसुकै रणनीतिक स्वार्थ भए पनि भरतपुरको स्थानीय तहमा चाहिँ भावनात्मक पक्ष बलियो भइरहेको छ। रेणुको मेयर उम्मेदवारीप्रति एकातिर कांग्रेसजनमा असन्तुष्टी छ, अर्कोतिर माओवादी वृत्तमै यो आलोचनाको विषय भइरहेको छ।

जगन्नाथ पौडेलको उम्मेदवारी पनि दाहाल परिवारप्रतिको आक्रोशको अभिव्यक्ति नै हो। बारम्बार दाहालकै पुत्रीलाई भोट हाल्नुपर्दा कांग्रेसजनले हिनताबोध गरिरहेका छन्। यो गुम्सीएको आक्रोश कुनै न कुनै रुपमा विष्फोट हुनु नै थियो, ‘भुइँकटर’का रुपमा देखियो।

माके अध्यक्ष दाहालले दुर्घटनाको धम्की त्यसै दिएका होइनन्, त्यो उनको पनि कमजोर मानसिकता नै हो। पहिलो त, यसपाली दाहाललाई चितवनमा चुनाव जित्न सहज छैन। एक दशकसम्म जारी हिंसात्मक विद्रोहका आफ्नै सहयात्री रामबहादुर थापा ‘बादल’ अचेल एमालेमा छन्।

अध्यक्ष दाहालले दुर्घटनाको धम्की त्यसै दिएका होइनन्, त्यो उनको पनि कमजोर मानसिकता नै हो। पहिलो त, यसपाली दाहाललाई चितवनमा चुनाव जित्न सहज छैन।

दाहाल र थापाबीच तीव्र कटुता छ। दाहाल र थापा दुबैको गृहक्षेत्र चितवन हो। थापाले आगामी निर्वाचनमा माके अध्यक्ष दाहालसँग लड्ने घोषणा गर्दै भनिसकेका छन्, ‘आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुनसक्छ। म प्रचण्डसँग चुनाव लड्न तयार छु।’

थापा एमालेमा गएपछि चितवनमा माकेका केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरिसकेका छन्, जुन दाहालका लागि माइनस प्वाइन्ट हो। दाहाललाई ‘टार्गेट’ गरेर नै एमालेले आफ्नो दशौं महाधिवेशन निकै तामझामका साथ चितवनमै आयोजना गरेको यहाँ स्मरणीय छ। यसकारण पनि दाहालका लागि भरतपुरमा छोरी रेणुलाई नजिताई भएको छैन।
यद्यपी, बारम्बार छोरीलाई नै मेयर बनाउने दाहालको पुत्री मोहप्रति माओवादी वृत्त नै सन्तुष्ट देखिदैन। दाहालजस्तो ‘जनयुद्ध’ हाँकेको ‘क्रान्ति नायक’ पुत्री मोहमा खुम्चीएर राजनीतिलाई परिवारवादको दलदलमा होमेकोप्रति वाम विश्लेषकले समेत तीव्र कटाक्ष गरिरहेका छन्।

कुनैबेला माके अध्यक्ष दाहालकै लगानीमा प्रकाशित हुने ‘नयाँ पत्रिका’मा सम्पादक रहिसकेका पत्रकार उमेश चौहान अचेल कान्तिपुर दैनिकमा सम्पादक छन्। पहिला प्रचण्डको प्रशंसामा कलम चलाउन पछि नपर्ने चौहानलाई पनि दाहालको पुत्री मोह मन परिरहेको छैन।

दाहालजस्तो ‘जनयुद्ध’ हाँकेको ‘क्रान्ति नायक’ पुत्री मोहमा खुम्चीएर राजनीतिलाई परिवारवादको दलदलमा होमेकोप्रति वाम विश्लेषकले समेत तीव्र कटाक्ष गरिरहेका छन्।

आइतबारको कान्तिपुरमा उनले लेखेका छन्, ‘देशका राष्ट्रपति र प्रधानमन्त्रीका आशन नै खल्तीमा बोकेर हिँड्न रुचाउने दाहाल मेयरको पिर्कामा छोरीलाई फर्काउन किन आकुलब्याकुल छन् भन्ने बुझ्न गाह्रो छैन, खासमा उनी भरतपुरमा छोरीलाई जिताउन, त्यही आधारमा तौल बढाउन र संसदीय निर्वाचनमा आयातनसमेत फैलाउन चाहन्छन्। हो, भविष्यमा बन्ने सरकारमा आफ्नो नाभी आजै प्रत्यारोपण गर्न दाहालले छोरीलाई चुनावी खालमा राखेका हुन्। यो कुनै विवश बाबुको पुत्रीमोह मात्र अवश्य होइन, बरु कुटिल खेलाडीको अन्तिम दाउ हो ।’

पत्रकार चौहानका शब्दमा आफू, आफ्ना सन्तान वा आफ्नो दलले चुनाव हारेमा देश दुर्घटनामा पर्छ भन्नु खासमा ‘नार्सिसिस्ट डिसअर्डर’ हो, जसले दुनियाँको सुरुवात र अन्त्य आफ्नै शक्तिबाट हुन्छ भन्ने घनघोर भ्रम पाल्छ ।
चौहान लेख्छन्, ‘तर दाहालले बुझ्नुपर्ने तथ्य के हो भने, भोलि संसदीय निर्वाचनमा उनी आफैंले त्यही चितवनबाट हारे र झोक छुटेर काशी गइदिए भने पनि देशलाई कुनै क्षति हुने छैन, देश अविराम चल्नेछ ।’

‘भविष्यमा बन्ने सरकारमा आफ्नो नाभी आजै प्रत्यारोपण गर्न दाहालले छोरीलाई चुनावी खालमा राखेका हुन्। यो कुनै विवश बाबुको पुत्रीमोह मात्र अवश्य होइन, बरु कुटिल खेलाडीको अन्तिम दाउ हो ।’

क्रान्तिकारी धारकी लेखिका सरीता तिवारीले दाहालको ‘पुत्री मोह’प्रति तीव्र कटाक्ष व्यक्त गरिरहेकी छिन्, जसमा तार्किक आधार पनि प्रशस्त पाइन्छ। उनले भनेकी छन्, ‘वंशवादी हठको कैदी भएर मत हाल्दिन। हिजै मतपत्र च्यातेर जबर्जस्ती जिताइएका पात्रलाई पुनः मेरो शासक बनाउन सक्दिनँ भन्दा महिलाविरोधी, जनयुद्धविरोधीको आरोप लाग्छ भने लागोस् ! हामी मुक्त विवेकका मालिक हौं,कुनै फरमानका दास होइनौं !’

रेणुलाई नजिताए देश दुर्घटनामा जानसक्ने दाहालको भाषणप्रति तिवारीको टिप्पणी छ–‘चितवनबासीलाई यही धम्की सुनाउन आयोजित थियो आजको सभा। क्रान्ति र परिवर्तनको रक्तिम इतिहासलाई आज एक परिवार–उत्थान कार्यक्रमको ’ब्याक अप’ बन्दै ठिक्क हुने भो ! राजनीति अन्ततः सत्ताचालकले भागसान्ती बाँडेर खाने कुरा हो भने, यसैलाई विधि, पद्धति र लोकतन्त्र भनिने हो भने एकलव्यले औंला चढाएझैं हामीले पनि मतदान गर्ने हात काटेर यिनैलाई चढाए भयो।’

भयको ‘गब्बर सिंह’ शैली
हिन्दी चलचित्र ‘शोले’मा गब्बर सिंह (अमजद खान’को भूमिका निकै प्रख्यात छ। भयानक खलनायकका रुपमा गब्बरलाई लिने गरिन्छ, जसले आम मानिसमा निकै भय र त्रास सिर्जना गरेका थिए।

चलचित्रमा रामगढ भन्ने एउटा गाउँ हुन्छ, जहाँ जेलबाट फरार गब्बरले मृत्यु आतंक मच्चाउँछ। कलिला बालबालिकादेखि बृद्धबृद्धासम्मलाई मार्छ। अनि मानिसको लासमाथि उभिएर गब्बर भन्छ, ‘रामगढका बासिन्दा हो, यदि कसैले गब्बरको विरुद्ध खडा हुने दुस्साहस गर्छ भने उसको यही परिणाम हुनेछ।’

गब्बरको नामसँग मानिस कुन हदसम्म भयाक्रान्त हुन्छन् भने चलचित्रमा स्वयं गब्बर भन्छ, ‘यहाँबाट पचास कोश टाढा कुनै गाउँमा जब बच्चा रुन्छ, तब आमा भन्छिन्, सुत छोरा, नत्र गब्बर आउँछ।’

भरतपुरको सभामा दाहालले करीब करीब गब्बर सिंह आउँछ’ शैलीमै भनेका हुन्, ‘हँसीया हथौडामा मत नहाले देश दुर्घटनामा पर्नेछ।’

करीब करीब चलचित्र ‘शोले’मा रामगढका जनताकैजस्तो अवस्था थियो, दश वर्षे हिंसात्मक विद्रोहताका राति गाउँघरमा कतै भेला हुँदा मानिस भन्थे, ‘छिटो घर जाउँ, नत्र माओवादी आउला।’ भरतपुरको सभामा दाहालले करीब करीब गब्बर सिंह आउँछ’ शैलीमै भनेका हुन्, ‘हँसीया हथौडामा मत नहाले देश दुर्घटनामा पर्नेछ।’ यो भाषाको अविधा, लक्षणा र व्यञ्जना के पनि हो भने जनताले हँसीया हथौडामा भोट नहालेको खण्डमा माओवादी केन्द्रले नै देशमा दुर्घटना निम्त्याइदिनसक्छ। अर्थात् दाहालले फेरि पनि भन्न खोजेका छन्, ‘माओवादी हार्नु भनेको फेरि जनयुद्धकालको जस्तै अवस्था आउनु हो।’

भय र संत्रासमा आधारित राजनीतिकै जगबाट नेता बनेका दाहालले यसो भन्नु स्वभाविक पनि हो। उनमा अझै पनि विद्रोहकालीन धङधङी बाँकी नै छ। ‘बुलेट’ बोक्दा धाक धम्कीले काम गर्नसक्ला, तर ‘ब्यालेट’को लडाइँमा जनताको मन जित्नुपर्छ। लोकतन्त्रमा जनतालाई फकाएर मत लिने हो, धम्क्याएर होइन।

‘सामन्ती सफाया’का नाममा ‘हर्रेबर्रे कान्ड’देखि झापामा व्यक्ति हत्याको राजनीति हुँदै १७ हजार बढी नेपालीको अनाहकमा ज्यान जाने कथित जनयुद्धसम्मको पृष्ठभूमि भनेको भय र आतंक नै हो।

हुन त, इतिहास हेर्ने हो भने नेपालका विभिन्न कम्युनिष्ट पार्टी र यसका नेताहरुको उत्थानका पछाडि भय र आतंकको पृष्ठभूमि छ। ‘सामन्ती सफाया’का नाममा ‘हर्रेबर्रे कान्ड’देखि झापामा व्यक्ति हत्याको राजनीति हुँदै १७ हजार बढी नेपालीको अनाहकमा ज्यान जाने कथित जनयुद्धसम्मको पृष्ठभूमि भनेको भय र आतंक नै हो।

२०२८ जेठ ३ गते झापामा पहिलो पटक कम्युनिष्टले कर्णबहादुर गौतमको हत्या गरे। ‘वर्गशत्रु मास्ने’ भन्दै थालिएको झापा विद्रोहको पहिलो शिकार भएका गौतम हत्याको कसुरमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशीलगायतका युवाहरुलाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएको थियो।

भारतीय कम्युनिष्ट नेता चारु मजुमदार, जंगल सन्थाल र कानु सन्यालले पश्चिम बंगालको नक्सलवाडीबाट थालेको ‘नक्सलाइट’ आन्दोलनको प्रभाव स्वरुप नेपालमा थालिएको ‘झापा विद्रोह’कै क्रममा २०२९ वैशाख २६ गते बुटन चौधरीको हत्या गरियो। २०२९ असार २७ गते विष्णुप्रसाद बिमली र ईश्वरीप्रसाद चुँडाल तथा मंसिर २३ रुद्रकान्त राजवंशीको टाउको काटियो।

२०२९ पुस १० गते तात्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसांसद धर्मप्रसाद ढकालको हात्ती किल्ला, शनिश्चरेस्थित उनकै घरमा सुतिरहेको अवस्थामा टाउको गिंडेर मारियो। त्यसै दिन धर्मप्रसादका माहिला छोरा ज्ञानेन्द्रको पनि हत्या गरियो। इलामबाट झापा बसाई सरेका ढकाल परिवारको कसुर भनेको उनीहरुसँग प्रशस्त जमिन थियो। जमिनदार भएकै आधारमा सामन्ती भन्दै बाबु छोरालाई मारियो।

बुटन चौधरीलगायतको क्रूर हत्यामा संलग्न भएको अभियोगमै उतिबेला खडगप्रसाद ओली १४ वर्ष जेल बसेका हुन्। राजनीतिक बन्दीका रुपमा भन्दा पनि ओली ज्यान मुद्दामा जेल बसेका हुन्।

बुटन चौधरीलगायतको क्रूर हत्यामा संलग्न भएको अभियोगमै उतिबेला खडगप्रसाद ओली (हाल एमाले अध्यक्ष) १४ वर्ष जेल बसेका हुन्। राजनीतिक बन्दीका रुपमा भन्दा पनि ओली ज्यान मुद्दामा जेल बसेका हुन्। युवा आपराधिक आवेगमा व्यक्ति हत्याको राजनीतिबाट उदाएको तात्कालीन माले नै अहिलेको एमाले हो।

मालेको चर्चा र संगठन विस्तारमा झापा विद्रोहकालीन भय र त्रासको मनोविज्ञानको देन छ। धनी, जमिनदार जति सबैलाई ‘जनताका शत्रु’ करार दिएर सोझासाझा गरिबमाझ संगठन बनाएका अध्यक्ष ओलीलगायतका एमालेका अधिकांश नेता अहिले आफै जमिनदार, आलिसान महलका मालिक र नव धनाढ्ग वर्गमा परिणत भएका छन्।
२०४६ सालको आन्दोलनपछि मुलुकमा बहुदलीय प्रजातन्त्रको अभ्यासले गति लिन नपाउँदै नेकपा(माओबादी)ले पुनः भय र आतंकको राजनीति थालिहाल्यो। शिक्षक, पत्रकार, राजनीतिक नेताहरु मार्ने क्रम सुरु भयो। माओवादीको डरले मानिस गाउँ छाडेर सदरमुकाम र सदरमुकाम छाडेर राजधानी भाग्न थाले। केही त विदेशसमेत पलायन भए।

धनी, जमिनदार जति सबैलाई ‘जनताका शत्रु’ करार दिएर सोझासाझा गरिबमाझ संगठन बनाएका अध्यक्ष ओलीलगायतका एमालेका अधिकांश नेता अहिले आफै जमिनदार, आलिसान महलका मालिक र नव धनाढ्ग वर्गमा परिणत भएका छन्।

‘विद्रोह’कालमा माओवादीको कुन हदसम्मको आतंक थियो भने चलचित्र ‘शोले’मा डाँकु गब्बर सिंह (अमजद खान) आउँदा रामगगढका बासिन्दा घरका ढोका थुनेर लुके झैं जनता माओवादीदेखि लुक्नुपर्ने अवस्था थियो। माओवादीले चन्दा मागे दिनैपर्ने, नदिए मारिनुपर्ने। माओवादीले युद्धमा लड्न हिँड भने जानैपर्ने, नगए घिसारिएर लगिने।
माओवादी आएर घरमा भएका राशन पानी जर्बजस्ती खाए पनि सहनुपर्ने, नगद जिन्सी लुटे पनि मौन रहनुपर्ने। चम्बलको घाटीका गब्बर सिंह र माओवादी लडाकुबीच त्योबेला खासै भिन्नता देखिदैनथ्यो। उतिबेला माओवादीको नाम सुन्नासाथ मै हुँ भन्ने कांग्रेस र एमालेका नेता÷कार्यकर्ता पनि थर्कमान हुन्थे। यही भय र आतंकको जगमा टेकेर माओवादीले त्योबेला देशव्यापी रुपमा हिंसाको बितण्डा मच्चायो।

शान्ति प्रकृया प्रारम्भ भएपछि माओवादी लोकतान्त्रिक संसदीय अभ्यासमा आयो। तर, भय र आतंकको मनोविज्ञान भजाउन उसले ‘वाइसीएल’ नामक आक्रामक संगठन सक्रिय गराएकै हो। पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो ठूलो दल बन्नुका पछाडि पनि भय र आतंककै मनोविज्ञानले काम गरेको स्पष्टै छ।

दश वर्ष लामो हिंशा र हत्याको सिलसिला अनि राजनीतिक अन्यौलबाट आजित भएका नेपाली जनताले ‘माओवादीलाई चुनाव जिताएर पठाएको खण्डमा जंगल फर्किनेछैन’ भन्ने हिसाबले जिताएका थिए। केही मानिसमा माओवादीले साँच्चै केही गर्ला कि भन्ने आश पनि थियो। अनि केही चाहिँ रातारात माओवादी भएर स्वार्थ लुट्न तम्सिनेहरु पनि थिए।

पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो ठूलो दल बन्नुका पछाडि पनि भय र आतंककै मनोविज्ञानले काम गरेको स्पष्टै छ।

करीब डेढ दशकसम्मको संसदीय राजनीतिमा माओवादी अध्यक्ष दाहालले बारम्बार जनता धम्क्याउने भाषण गर्दै आएको पाइन्छ। ‘माओवादीलाई हेप्न खोजे फेरि जंगल फर्किने’ त उनले कयौं पटक भनिसके। यसैगरी ‘जनयुद्ध अझै सकिएको छैन’देखि ‘फेरि एक पटक पुरानै तरिकाले युद्ध गर्ने’सम्म भन्न भ्याएका छन्।

लेखक युवराज गौतम आफ्नो एक लेखमा उल्लेख गर्छन्, ‘२०२८ सालमा सुरु भएको झापा विद्रोहदेखि लिएर २०५२ फागनु १ गते सुरु भएको माओवादीको ‘जनयुद्ध’ कुनै निष्कर्षमा पुग्न सकेन। कार्यकर्तालाई रुवाएर सीमित व्यक्ति करोडौँ र अर्बौं रुपियाँका मालिक भएका छन्। विद्रोहले केही सर्वहारालाई खुसी र सुखी बनायो। लुकाउँदा लुकाउँदै पनि उनीहरूका श्रीमतीहरू करोडपति भएको यथार्थ लुक्न सकेन।

कर्णबहादुर गौतम, बुटन चौधरी, मुक्तिनाथ अधिकारीलगायतका हजारौँको बलि दिएर कम्युनिष्टहरू सत्तामा पुगे। अर्को चुनाव पनि जित्लान्। तर, राष्ट्र र जनताको मुहार हँसिलो पार्न प्रयास गरिरहेका छैनन्। यसमा उनीहरूलाई कुनै ग्लानी र पश्चात्ताप भएको पनि देखिँदैन।’

विद्रोहले केही सर्वहारालाई खुसी र सुखी बनायो। लुकाउँदा लुकाउँदै पनि उनीहरूका श्रीमतीहरू करोडपति भएको यथार्थ लुक्न सकेन।

दाहाललाई लाग्दो हो, दश वर्षे हिंसात्मक विद्रोहको भय र त्रास देखाएमा जनताले फेरि पनि माआवादीलाई नै जिताउनेछन्। तर, अवस्था त्यस्तो छैन। दाहालको ‘जनयुद्ध’कालीन धमास अब चल्नेवाला छैन। जनता धेरै सचेत भइसकेका छन्। न त रेणु हार्दैमा लोकतन्त्र संकटमा पर्छ, न गठबन्धन टुट्दैमा देश दुर्घटनामा पर्छ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १० : २७ बजे

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु

एजेन्सी – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा