साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ « Khabarhub

साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् ।

काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि जस्तो तसो काम गरिरहेका उनीहरूलाई कम्पनीमा कार्यरत एक जना नेपाली गणेश कार्की आएर अर्को ठाउँ काम गर्नु पर्ने भयो भन्दै सात जनालाई लिएर गएको र उनीहरूलाई अर्को ठाउँमा काम नलगाई जेलमा हालेपछि आफूहरूले काम बन्द गरेको सुनसरीका महमद राम्जान मियाले बताए ।

कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि आफूहरूले काम बन्द गरेको र अहिलेसम्म किन काममा नआएको भनेर सोध्न पनि कोही नआएको उनले बताए । उनीहरूले काम बन्द गरेपछि कम्पनीले नयाँ मान्छे हालेको र उनीहरूलाई निकालेपछि अहिले केही दिनदेखि भोकभोकै खाना नपाएर धेरै नेपाली युवाहरूको रुवाबासी भएको मियाले बताए ।

‘केही दिन त हामीले अन्य कम्पनीका साथीहरूसँग मागेर भएपनि एक छाक खाना खायौ, उनीहरु पनि विदेशमा केही कमाउन आएका हुन् कति दिन अर्काको आशमा बस्ने ,’ उनले भने, हाम्रा धेरै साथीहरू खान नपाएर बिरामी हुन थालिसके, अझै केही दिनमा हाम्रो उद्धार भएन भने अब मर्नु बाहेक केही छैन ।’

म्यानपावरले पनि अहिलेसम्म सम्पर्क नगरेको र आफूहरूले पटक-पटक सम्पर्क गर्दा पनि फोन नउठाएको उनीहरूले बताए । सबै साथीहरू हरेस खाइसकेको भन्दै तत्काल उद्धार नगरे सबैले देहत्याग गर्ने उनीहरूले बताए ।

रियादस्थित नेपाली दूतावासमा सम्पर्क गर्दा समस्या सुनेर नबोली फोन काट्ने गरेको उनीहरूको आरोप छ । काम गरेको दुई महिना १० दिनको तलब समेत नपाएको बताएका छन् । उनीहरूले म्यानपावर तथा विभिन्न एजेन्टहरुलाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर करिव ७ महिनाअघि मात्र साउदी पुगेका थिए ।

यता टोकियो म्यानपावरका चेयरमेन सुरेन गौतमले भने शुक्रबार र शनिबार साउदीमा छुट्टी रहेको र आइतबार देखि नै आफूहरूले वैदेशिक रोजगार विभागमार्फत नेपाली दूतावासलाई पत्र लेखी दूतावासले साउदी लेवरकोटसंग समन्वय गरिरहेको र  समस्या छिट्टै समाधान हुने बताए ।

यस्तै गैरआवासी नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्र अर्यालले पनि पीडित नेपाल युवाहरुसंग सम्पर्क गरी खाद्यन लगायत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १२ : ४९ बजे

लमजुङमा विश्वप्रकाश शर्माले भने, ‘आसन, भाषण र शासनमा सुधार गर्छौं’

लमजुङ- निर्वाचन प्रचार अभियानको पहिलो दिन नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश

नख्खु जेलबाट फरार जबरजस्ती करणीका दोषी पक्राउ, पाएका थिए १२ वर्षको सजाय

ललितपुर- जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी नख्खु कारागारबाट

सडकमा खटिन थाले निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि

टुँडिखेलमा अमेरिकी सेनाको परेडप्रति नेकपा संयुक्तको गम्भीर आपत्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले नेपाली सेना दिवस तथा