क्युबाको होटलमा भएको विस्फोटमा मारिनेको संख्या ३० पुग्यो | Khabarhub Khabarhub

क्युबाको होटलमा भएको विस्फोटमा मारिनेको संख्या ३० पुग्यो


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्युबाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

सो सुविधा सम्पन्न होटलमा गएको शुक्रबार विस्फोट भएको थियो । त्यसमा परी आइतबार थप पाँच जनाको ज्यान गएको छ ।

सो समेत गरी यस विस्फोटमा परेर ज्यान जानेको संख्या ३० पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । 

उक्त दुर्घटनामा परी ज्यान जानेमा एकजना स्पेनी पर्यटक पनि परेको बताइएको छ । विस्फोटनमा ती पर्यटकसहित ३० जनाको मृत्यु भएको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

सो दुर्घटनामा परेका अरु ८४ जना घाइते छन् । ती घाइतेहरू पनि अधिकांश जलेका बताइएको छ । 

होटलको ग्यास चुहावटका कारण शक्तिशाली विस्फोट भएको क्युबाको राष्ट्रिय टेलिभिजनले जनाएको छ । यस दुर्घटनाको उद्धारको काम जारी रहेको पनि जनाइएको छ ।  

दुर्घटनापछि भग्नावशेषमा पुरिएका मानिसहरू जीवित पाइने आशामा खोजी जारी राखिएको क्युबाली अधिकारीले बताएका छन् ।

तर अब भने मानिसहरूलाई जीवितै उद्धारको सम्भावना नरहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : ०७ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म