टेरेन्ससँग नोराको सम्बन्ध के हो ? « Khabarhub

टेरेन्ससँग नोराको सम्बन्ध के हो ?


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ ।

 डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा गसिप समेत हुने गरेको छ । 

हालै टेरेन्सले एक अन्तर्वार्ताका क्रममा आफ्नो र नोराको सम्बन्धका बारेमा बोलेका छन् । ‘हामी स्टेजमा रहेसम्म केमेष्ट्री राम्रो बनाउन कुनै कसर बाँकी राख्दैनौ । तर हामी बीच त्यस्तो प्रेम सम्बन्ध छैन । यद्यपि प्रेम छ’ टेरेन्सले भने । उनले नोरासँग दैनिक भेटघाट वा फोनमा कुराकानी नहुने भएता पनि आफूहरूले मित्रताको रिलेशन मेन्टेन गरेको बताए । ‘हामीले आफ्नो सम्बन्धलाई मेन्टेन गरेका छौँ । नोरा पोजेटिभ इनर्जी भएको एक सुन्दरी हुन् । उनीसँग स्टेज सेयर गर्दा खुशी लाग्छ’ उनले भने । 

सुरुवाती समयमा नोरालाई टेरेन्सकै नजिकका मित्र कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको क्याम्पकी डान्सरको रुपमा चिनिन्थ्यो । डान्स मार्फत दर्शकको मन जितेकी नोराले विस्तारै फिल्ममा समेत अविने गर्न थालिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : २४ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा