नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी « Khabarhub

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा मतदान जारी


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । सोमबार मतदाताहरूले नयाँ राष्ट्रपति चयन गर्नका लागि मतदान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मतदानका लागि ६ करोड ७५ लाख मतदाता योग्य छन् ।

यस मतदानमा मतदाताको उपस्थिति पनि अपेक्षा भन्दा बढी रहेको रोयटर्सले जनाएको छ । मतदानका क्रममा केही विद्युतीय भोटिङ मेसिनमा त्रुटि आएपनि कुनै ठूलो दुर्घटनाबिना मतदान भएको बताइएको छ ।

वर्तमान चुनावमा वर्तमान राष्ट्रपति रोबर्टो डुटेर्टेले उम्मेद्वारी दिएका छैनन् । यस चुनावमा फिलिपिन्सका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर विजयी हुने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

उनका प्रमुख प्रतिद्वन्द्वीका रुपमा उदारवादी लेनी रोब्रेदो छिन् । उनले सन् २०१६ मा भएको उप राष्ट्रपतीय निर्वाचनमा मार्कोसलाई झिनो अन्तरले पराजित गरेकी थिइन् ।

यद्यपि मतदान अघिका सर्वेक्षणहरूमा मार्कोस ३० प्रतिशत अन्तरले अघि रहेको देखाएको बीबीसीले जनाएको छ ।

चुनावमा विजयी हुने उम्मेद्‍वारले ६ वर्षको कार्यकाल सम्हाल्नेछन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  १ : २८ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै