निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छ : गृह मन्त्रालय « Khabarhub

निर्वाचन विरोधी गतिविधि गर्नेहरुको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको छ : गृह मन्त्रालय


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ । 

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता  प्रतिकुल हुने गरी केही क्रियाकलापहरू भइरहेको सूचनाहरू प्राप्त भएको समेत जनाएको छ । 

‘मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनैतिक पद्धति, उम्मेद्वार तथा तिनका प्रतिवद्धता, राजनैतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर केही राजनैतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचार प्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटपुट घटनाहरू घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकुलका केही क्रियाकलापहरू भईरहेका सूचनाहरू प्राप्त भएका छन् ।’ 

निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य रहेको गृहले जनाएको छ ।

‘यस सिलसिलामा निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्र रूपले आफ्ना प्रतिनिधि छनौट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानून बमोजिम कारवाहीको भागीदार हुनेछन । निर्वाचनको बहानामा कानून विपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि छैन,’ गृहले भनेको छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेहरूको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको विज्ञप्तिमा उल्लेख छ । 

यही बैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्नको लागि आवश्यक सुरक्षा व्यवस्था र निर्वाचन व्यवस्थापन गर्न देशभर करिब २ लाख ६० हजारको संख्यामा सुरक्षाकर्मी र करिब ३ लाखको हाराहारीमा कर्मचारी परिचालन गरिएको गृहले जनाएको छ । 

‘लोकतन्त्रको सफल अभ्यास गरी सही रुपमा नागरिकको प्रतिनिधित्व हुन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा हरेक नागरिकले आफूमा निहित राजनैतिक अधिकार स्वरुप प्राप्त मताधिकारको प्रयोग स्वतन्त्र रूपले हुनु आवश्यक छ,’ गृहको विज्ञप्तिमा भनिएको छ ।  

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ५ : ०५ बजे

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६