भगवान मान्ने कार्तिक | Khabarhub Khabarhub

भगवान मान्ने कार्तिक


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन स्टारर बलिउड फिल्म  ‘भूल भुलैया २’ रिलिजको क्रममा छ । 

यसको प्रचारप्रसारमा उनले समय दिइरहेका छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव पत्रकार सम्मेलनमा साटिरहेका छन् । उनले एक इभेन्टमा आफूले भगवानलाई विश्वास गर्ने बताएका छन् । ‘म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकी म जहाँ पुग्छु त्यो फिल गर्छु । त्यसैमा म पोजेटिभलाई एञ्जल र नेगेटिभलाई डेविल भन्ने गर्छु’ कार्तिकले भने । उनले आफूले भगवानमा विश्वासका साथै भरोसा गर्ने समेत जनाए । 

यद्यपि आफूले एक्लै हुँदा पनि डर महसुस नगरेको उनको भनाइ छ ।’अँध्यारोमा डर फिल्म गरेको छैन । सायद मैले भगवानलाई मान्ने भएकोले होला’ उनले भने । अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद दर्शकले पाउने बताइएको छ । यद्यपि हलमा रिलिज भएसँगै फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज हुने भएको छ । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेकाले यसलाई छिट्टै नै डिजिटल रिलिज गर्ने चर्चा बढ्दो छ । 

पछिल्लो समय हल रिलिज भएको केही समयमै ओटीटीमा फिल्म आउने क्रम बढ्दो छ । ‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ । यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’ को सिक्वेल हो । 

उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र लिएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : ०२ बजे

प्रधानमन्त्रीसँगको छलफललमा १० दलका नेतासँगै दुई पर्यवेक्षक पनि सहभागी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २७ गते अन्तरिम सरकार बनेयता

तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया

काठमाडौं– नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा

तिहारमा पनि रोकिएन नर्सहरुको आन्दोलन, संघ भन्छ- समाधान नभएसम्म पछि हटिँदैन

काठमाडौं- सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू

प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर

दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’