नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे « Khabarhub

नारायणकाजीलाई गृह पालिकामै जिताउन हम्मेहम्मे


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ ।

बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त छन् । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउन भन्दै घुँडा धसेर लागिपरेको देखिन्छ । 

तर, उनलाई आफ्नै गृह पालिका सिरानचोकमा उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । यस गाउँपालिकामा ८ वटा वडा छन् ।  स्थानीय निर्वाचन २०७४ बाट यस गाउँपालिकामा उनको गृह वडामा मात्रै माओवादीले जित हासिल गरेको थियो । 

सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा झटकप्रसाद दवाडीले माओवादीको तर्फबाट जितेका थिए । दवाडी कांग्रेसमा लोकप्रिय पाको नेताको रूपमा चिनिन्थे । तर, चुनावमा उनलाई कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बनेका थिए ।

यद्यपि गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवार एक सय ६७ मतले मात्रै पराजित भएका थिए । अघिल्लो निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए भने निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी ३ हजार २३५ मत प्राप्त गरेर पराजित भए । यस्तै, एमालेका प्रेम बहादुर गुरुङले १ हजार ७४० र तत्कालीन नयाँ शक्ति पार्टी (अहिलेको जसपा) का महेश कुमार गुरुङले १ हजार ४३१ मत पाएका थिए ।

स्थानीय निर्वाचन २०७४ को मतपरिणाम नियाल्दा यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो, जसपा र एमाले तेस्रो शक्तिको रूपमा देखिन्छन् । 

८ वडा रहेको यस पालिकामा ६ वटा कांग्रेस, एक माओवादी र एक जसपाले नेतृत्व गरेका छन् भने पालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसका हुन् । कार्यपालिकामा पनि कांग्रेसको स्पष्ट बहुमत थियो । 

गृह पालिका भए पनि जनसंगठन बलियो नहुँदा श्रेष्ठलाई आफ्नो गृह पालिकामा पार्टीको उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने  देखिन्छ ।  तर, पनि आफ्नो निर्वाचन क्षेत्रका अधिकांश पालिका जित्ने सम्भावना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ बताउँछन् । 

‘हामीले निर्वाचन क्षेत्रका अधिकांश पालिका जित्छ भन्ने छ । त्यसैले हामी निर्वाचन क्षेत्रका पालिका केन्द्रित भएर चुनाव प्रचारप्रसार, मतदाता भेटघाट, जनसभा लगायतका कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ’, स्वकीय सचिव श्रेष्ठले भने ।

आसन्न निर्वाचनमा यस पालिकामा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र गुरुङ, माओवादीको तर्फबाट नवराज पुडासैनी, एमालेबाट देवराज श्रेष्ठ, जसपाबाट चित्र बहादुर गुरुङको प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ६ : २४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी