इमान हराएकाहरूलाई भोट नदिनुस् : अध्यक्ष लिङ्देन « Khabarhub

इमान हराएकाहरूलाई भोट नदिनुस् : अध्यक्ष लिङ्देन


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई आग्रह गरेका छन्। राप्रपा भक्तपुरले चाँगुनारायणमा आज आयोजना गरेको चुनावी सभामा उनले देशको विकास गर्नसक्ने, आफ्नो गाउँको विकास गर्नसक्ने नेता र दललाई रोजेर भोट हाल्न मतदातालाई आग्रह गरे।

उनले भने, “अस्ति देखापढी गरेर हामीलाई एकचोटि भोट दिनुस्, अर्कोचोटि तपाईंलाई दिन्छौँ भनेर भोट लिएर सांसद, मन्त्री हुने र जनतालाई धोका दिएर केही नगर्ने इमान नभएका व्यक्ति हुन्, त्यस्तालाई भोट नदिनुस्, जनताको साथमा हुने नेतालाई मात्रै भोट दिनुहोस् ।” उनले चाँगुनारायणको विकासमा स्थानीय सरकारको ध्यान नपुगेको टिप्पणी गर्दै काठमाडौँ उपत्यकाभित्र भएर राजधानीसँग जोडिएर भक्तपुर जिल्लाको विकासको हालत देख्दा विरक्त लागेर आएको बताए। 

जनताले यहाँ बाटो चाहियो, यस्तो चाहियो, उस्तो चाहियो भनेर गुनासो गर्ने ठाउँ राप्रपाले नदिने भन्दै उहाँले राप्रपाले कसरी विकास गर्छ भनेर नमूना हेर्न नेपालगञ्ज उपमहानगरपालिका नै काफी भएको जिकिर गरे। राप्रपा एक मात्रै वैकल्पिक शक्ति भएकाले अब एक पटक राप्रपालाई हेर्न आग्रह गर्दै राप्रपा अध्यक्ष लिङ्देनले भने, “भोट त एक पटक राप्रपालाई नै दिन मन थियो, तर आफू अर्कै पार्टीको परियो भनेर धक नमान्नुस्, आफ्नै पार्टीको झण्डा समाउनुस् तर भोट एक पटक हामीलाई दिनुस् ।”

कार्यक्रममा राप्रपाबाट चाँगुनारायण नगरपालिकाका प्रमुखका उम्मेदवार रविन्द्रप्रताप शाहले आफू विजयी भएमा शिक्षा, स्वास्थ्य सेवा निःशुल्क, युवायुवतीका लागि रोजगार, किसानलाई पेन्सनको व्यवस्था गर्ने, बाटो, खानेपानी र जनताको आधारभूत आवश्यकता पूरा गर्ने र भेदभावरहित समाजको निर्माण गर्ने बताए। राप्रपाले भक्तपुरमा चार वटै नगरपालिकामा आफ्नो उम्मेदवारी दिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ५८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट