गोला प्रक्रिया पारदर्शी छ : कामु प्रधानन्यायाधीश कार्की | Khabarhub Khabarhub

गोला प्रक्रिया पारदर्शी छ : कामु प्रधानन्यायाधीश कार्की


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्ने कार्य पारदर्शी भएको बताएका छन् ।

कानून दिवसका अवसरमा सर्वोच्च बार एशोसिएसनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मुद्दाको पेसी व्यवस्थापन गर्ने कार्यक्रम गोला प्रक्रिया निष्पक्ष र पारदर्शी भएको बताएका हुन् ।

“न्यायपालिकामा धेरै समस्या छ, त्यसमा पनि जिल्ला र उच्चमा भन्दा सर्वोच्च अदालतमा बढी समस्या छ”, कामु प्रधानन्यायाधीश कार्कीले भने, “गोला प्रक्रियाबाट मुद्दाको पेसी व्यवस्थापन गर्न सुरु गरेपछि पारदर्शिता भएको छ ।” उनले न्यायपालिकाप्रति जनताको आशा भरोसा दिलाउनका लागि सबैले साथ दिनुपर्ने बताए।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले समयसापेक्ष संशोधन गर्नुपर्ने ऐन कानूनहरू संशोधन गरेर सेवाग्राहीलाई छिटो न्याय दिनुपर्नेमा सबैको ध्यान जानुपर्ने र न्यायकर्मीले बानी, व्यवहार र आचरण सुधार गर्नुपर्ने जरुरी रहेको बताए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयमा विकृति, विसङ्गति रहेको हुँदा त्यसको अन्त्यका लागि विधिको शासन कायम गर्न सबैले कसम खानुपर्नेमा जोड दिए । 

एकै खाले मुद्दाहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ०५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा