प्रदर्शनकारी सँगको झडपपछि श्रीलंकामा सांसदको शव फेला « Khabarhub

प्रदर्शनकारी सँगको झडपपछि श्रीलंकामा सांसदको शव फेला


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनपछि एकजना सांसदको शव फेला परेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीबीच भएको झडपपछि सत्तारुढ दलका सांसद अमराकीर्ति अथुकोरालाको शव फेला परेको हो ।

हिंसात्मक झडपका क्रममा अरु दर्जनौँ घाइते भएको जनाइएको छ । प्रदर्शनकारीले आफ्नो कार घेराउ गरेपछि उनले गोली चलाउँदा दुई जना घाइते भएका थिए । त्यसपछि भागेर नजिकैको भवनमा जाने क्रममा उनी मृत फेला परेका थिए ।

यसअघि राजधानी कोलम्बो लगायतका स्थानमा सरकार समर्थक प्रदर्शनकारी र सरकार विरोधी प्रदर्शनकारीबीच झडप भएको थियो । झडप पछि मुलुकभर कर्फ्यू फ्र्यू जारी गरिएको थियो । कर्फ्यू लागेकै बखत प्रधानमन्त्री महिन्दा राजपाक्षेले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभावका बीच श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चर्किँदै गएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ३२ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६