अत्यावश्यक सेवाका लागि सवारीलाई पास नचाहिने « Khabarhub

अत्यावश्यक सेवाका लागि सवारीलाई पास नचाहिने


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले अत्यावश्यक सेवाका सवारी साधनले पास लिनु नपर्ने जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न आयोगले मतदानका दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ ।

यद्पि अत्यावश्यक सेवाका सवारी साधन चलाउन सकिने आयोगले जनाएको छ ।

निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुपर्ने छैन ।

यसबाहेक अन्य यातायातका साधन चलाउन पास लिनुपर्ने व्यवस्था गरिएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ४६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६