हाम्रो गठबन्धन वर्षौँसम्म रहनेछ : प्रचण्ड « Khabarhub

हाम्रो गठबन्धन वर्षौँसम्म रहनेछ : प्रचण्ड


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताएका हुन् ।

उनले भने, “देशमा आमूल परिवर्तनपछि नागरिकलाई विकास चाहिएको छ, विकास निर्माणका काम गर्नकै लागि हामीले गठबन्धन गरेका हौँ, हाम्रो गठबन्धन वर्षौंसम्म रहनेछ ।” अध्यक्ष दाहालले सुदूरपश्चिमसहित डोटीको विकास तथा स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्नेसमेत बताए ।

प्रचण्डले भने, “पूर्वपछि अब विकास गर्ने पालो सुदूरपश्चिमतिर छ, मसहित सिङ्गो पार्टी यहाँको विकासका लागि अग्रसर हुनेछौँ ।”

आफ्ना क्षेत्रको विकास गर्ने जिम्मा अब डोटेली जनताको भएकाले यहाँको विकास गर्ने वा नगर्ने भन्ने जिम्मा यहीँका नागरिकको भएकोसमेत अध्यक्ष दाहालले जिकिर गरे ।  अहिलेको निर्वाचन भनेको विकास गर्ने र विकास नगर्नेका बीच भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ११ : ०५ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका