स्थानीयवासीको अवरोधका कारण आज पनि हुन सकेन काठमाडौँको फोहोर व्यवस्थापन « Khabarhub

स्थानीयवासीको अवरोधका कारण आज पनि हुन सकेन काठमाडौँको फोहोर व्यवस्थापन


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीयवासीको अवरोधका कारण आज पनि काठमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा विसर्जन हुन सकेन ।

गत सोमबार साँझ सहरी विकासमन्त्री, काठमाडौँ महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका प्रतिनिधिबीच मङ्गलबारदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सहमति गरे पनि सिसडोलका स्थानीयवासीले पुनः अवरोध गरेपछि आज पनि फोहर व्यवस्थापन हुन नसकेको हो ।

सहमतिअनुसार उपत्यकाबाट प्रहरीसहित फोहर बोकेर बञ्चरेडाँडा पुगेको गाडीलाई स्थानीयवासीले ढुङ्गामुढा गरेपछि प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको बताइएको छ ।

मुख्यगरी बञ्चरेडाँडाका स्थानीयवासीले प्रभावित क्षेत्र किटान गरी बस्ती स्थानान्तरण गर्न केन्द्र सरकारसँग माग गर्दै आएका छन् । त्यसैगरी प्रभावित स्थानीयवासीलाई रोजगारीको व्यवस्था, स्वास्थ्य बीमा, शिक्षाको पहुँच हुनुपर्नेजस्ता माग रहेको ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंले बताए ।

केन्द्र सरकार र कामपाले आफूहरुमाथि विगत १७ वर्षदेखि झुटको खेती गर्दै आएको आरोप लगाउँदै जनप्रतिनिधिसँगको सहमतिले मात्र फोहर व्यवस्थापन गर्न नपाइने भन्दै त्यहाँका स्थानीयवासीले सहमतिको व्यवस्था गरी पटकपटक फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् ।

सत्र वर्षअघि दुई वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको थियो ।

अहिले सिसडोलमा फोहर राख्न नमिल्ने अवस्था आएपछि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा अन्तिम फोहर व्यवस्थापनस्थल निर्माणको काम भइरहेको छ ।

उक्त दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पूर्णरूपमा सम्पन्न नभइसकेको भए पनि पहिलो सेलको काम सकिएकाले फोहर व्यवस्थापन गर्न थालिएको हो । विगत ११ दिनदेखि उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएको छ भने आवतजावत गर्नसमेत समस्या भइसकेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ०७ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले