श्रीलंकाविरुद्ध अष्ट्रेलियालाई एक खेल अगावै श्रृंखला « Khabarhub

श्रीलंकाविरुद्ध अष्ट्रेलियालाई एक खेल अगावै श्रृंखला


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरेलु टोली श्रीलंकाविरुद्धको लगातार दोस्रो टी-२० खेलमा  विजयी हुँदै अष्ट्रेलियाले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

बुधबार राति कोलम्बोमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ३ विकेटले हरायो । योसँगै तीन खेलको श्रृंखलामा २-० को अग्रता बनायो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेडले अविजित २६ तथा कप्तान आरोन फिन्चले २४ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ४ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍याे।

श्रीलंकाका चारिथ असलंकाले सर्वाधिक ३९ रन तथा कुशल मेन्डीसले ३६ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले सर्वाधिक ४ विकेट लिए ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ६ : २९ बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने