जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो)  « Khabarhub

जी बबले गाए ‘फाइनल्ली भेटियो’ (भिडियो) 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मिलेन लेबल’ र्‍याप गाएर युवापुस्ता माझ भाइरल बनेका जी बबले नयाँ गीत गाएका छन् । उनको दोस्रो अफिसियल र्‍याप गीत  ‘फाइनल्ली भेटियो’ बुधबार बेलुकी ठमेलको एक क्लबमा सार्वजनिक गरिएको छ । जी बबले नै तयार पारेको यो र्‍याप गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।

भिडियोका निर्देशक चन्दले एक्सन शैलीमा पनि उतारेका छन् । भिडियोमा नायिका सारा सिरपाइली र मोडल डेलविसले अभिनय गरेका छन् । अपहरणमा परेका जी बबलाई सारा र डेलविसले अपराधीको पञ्चाबाट निकालेको भिडियोमा देखाइएको छ ।

सार्वजनिक भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । यस अगाडि जीबबले ‘ए मेरो हजुर ४’ को प्रमोसनल र्‍याप गीत पनि गाएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ११ : ३८ बजे

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति