‘वेलकम टु हेम्जाकोट’ मा मायाको रेडियो (भिडियो)  « Khabarhub

‘वेलकम टु हेम्जाकोट’ मा मायाको रेडियो (भिडियो) 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म  ‘वेलकम टु हेम्जाकोट’ मा समावेश  ‘मायाको रेडियो’ बोलको गीत बुधबार राजधानीमा आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको छ ।  सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्मको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर छन् । कविराज गहतराजले कोरियाग्राफी गरेको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ । कार्यक्रममा संगीतकार सागरले सबैलाई मनपर्ने खालको गीत तयार गरेको बताए । उनले आफ्नो फिल्म संगीतको यात्रा धेरै लामो नभए तापनि यसप्रकारका गीतले आफूलाई स्थापित गराउने विश्वास त्यक्त गरे । गायक उदेशले ‘लोफर’ पछि आफू यही फिल्मबाट पुनः पाश्र्व गायनमा प्रस्तुत भएको बताए । त्यसैगरी, निर्देशक पौडेलले आफूले निकै मिहिनेत गरेर ‘वेलकम टु हेम्जाकोट’ निर्माण गरेकाले आमदर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।

कार्यक्रममा फिल्मका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउँदै दर्शकको माया पाउनेमा आशावादी रहेको सुनाए । ‘फिल्म सुटिङ पूरा गर्न कोरोनालगायत धेरै अवरोधहरू आए’ उनले भने, ‘तर पनि अहिले फिल्म हेर्दा त्यतिबेला गरेको दुःख सबै भुलाइ दिन्छ । यो फिल्मले भोलि हलमा पनि दर्शकको दुःखपीडा भुलाएर मनोरञ्जनको संसारमा सेयर गराउनेमा ढुक्क छु ।’ 

कार्यक्रममा फिल्मकी प्रमुख अभिनेत्री अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्तलगायत विशाल पहाडी, शारदा गिरीले पनि आफूहरूको अभिनयलाई दर्शकले मन पराउने आशा व्यक्त गरे । तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको फिल्ममा बिनोद, अम्बिका, सुजैरा, अस्मिताका साथमा बुद्धि तामाङ, शारदा गिरी, विशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्व। जयनन्द लामाले अभिनय गरेका छन् । प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशाङ्क खड्का, गोपाल सानु र युवराज कटवाल सहनिर्माता रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ । 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ०० बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री