भुवनले मानेनन्, आकाश तयार भए  « Khabarhub

भुवनले मानेनन्, आकाश तयार भए 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सरोज खनालले निर्देशनमा डेब्यु गरेको फिल्ममा भुवन केसीले अभिनय गर्न मानेनन् । सरोजले केही दिन अगाडि आयोजित कार्यक्रममै भुवनले आफूलाई नपत्याएको गुनासो गरे । ‘एउटा सानो भूमिका थियो । मैले भुवन दाइलाई अफर गरे तर उहाँले मलाई विश्वास गर्नु भएन’ सरोजले स्टेजबाट नै भने । सरोजले यसो भनिरहँदा गुनासो प्रष्ट देखिन्थ्यो । यता सरोजले नीर शाह, करिश्मा मानन्धर, आकाश श्रेष्ठको तारिफ गरे । 

किनकी स-सानो भूमिकामा उनीहरूको अभिनय रहेको थियो । आकाशले एउटा गीत र केही सिनेमा काम गरेका छन् । ‘आकाशले हाम्रो आग्रहलाई मान्नु भयो । धन्यवाद छ’ सरोजले भने । यता आकाशले आफू टिमसँग जोडिन पाउँदा खुशी लागेको सुनाए । फिल्ममा भूमिका सानो भएपनि प्रभावकारी रहेको उनको भनाई छ । ‘मैले यो टिमसँग काम गर्न पाए निकै उत्साहित छ’ । मेरो भूमिका सानो छ । यद्यपि महत्वपूर्ण छ । फिल्मको कथावस्तु निकै सशक्त छ’ आकाशले भने । फिल्मले उठाएको विषयवस्तुले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

फिल्ममा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स। तथा रेनिश फागोको कलर करेक्सन रहेको छ । साउन्ड मिक्सिङ मुकेश शाह र ब्याकग्राउन्ड स्कोर द एक्स ब्याण्डका शिव मुखियाको रहेको छ । फिल्मकी कार्यकारी निर्माता अभिनेत्री करिश्मा मानन्धर हुन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ०७ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै