मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण « Khabarhub

मल आपूर्ति र फोहर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा सदस्यहरूले मलको अभावका कारण किसानहरू समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराएका छन्। 

छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए । उनले यस्तै अवस्था रहेमा यसपालि धानको उत्पादनसमेत घट्ने छ उनले भने। सांसद त्रिपाठीले प्रहरीका घुमुवाले बिचौलियाको काम गरिरहेको पनि जिकिर गरे। 

सांसद कृष्णबहादुर राईले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। अर्का सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरे। 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १२ : ४९ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री