अभिनेता हमाल भन्छन्, 'इतिहासलाई अहिलेको आँखाबाट हेर्दा धेरै कमजोरी देखिन्छ'  | Khabarhub Khabarhub

अभिनेता हमाल भन्छन्, ‘इतिहासलाई अहिलेको आँखाबाट हेर्दा धेरै कमजोरी देखिन्छ’ 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । प्राय अभिनेता हमाल खुल्दैनन् । उनले आफ्ना कुरालाई रिजर्भ नै राख्न रुचाउँछन् । यद्यपि केही समय अगाडि एक इभेन्टमा उनले आफ्नो ‘आत्मकथा’ सुनाए । आत्मकथा सुनाउँदै गर्दा उनी भन्दै थिए, ‘म खासै खुल्दिनँ । तर, मेरो कथा र संघर्ष पनि उस्तै छ’ । उनले आफ्नो अभिनय यात्रा अद्भूत भएको दाबी समेत गरे । 

उनले आफ्नो प्रवेश पछि नै नेपाली फिल्ममा क्रान्ति भएको पनि दाबी गरे । ‘म जतिबेला फिल्ममा आएँ त्यतिबेलासम्म मुस्किलले दर्जन फिल्म बनेका थिए । तर, पहिलो फिल्म रिलिज भएपछि मैले त्यसयताका १२ वर्ष लगातार दैनिक १२ देखि १४ घन्टासम्म काम गरें,उनले भने ,‘ यो क्रममा मैले मात्र काम गरिन, सँगै अन्य कलाकार र प्राविधिकले पनि काम गरे । मेरो प्रवेशपछि अरु त नभनौं मिनी रिभोल्युसन त भयो नै ।’

आत्मकथाको क्रममा अभिनेता हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको विश्रामका कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनको तर्क थियो ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हतोत्साही गर्नु सही थिएन ।’

राजेश हमालले आफ्नो जीवनकालमा विभिन्न भूमिका निर्वाह गरे । धनी मानिस देखि भरियासम्मको भूमिका निर्वाह गरे । धेरैलाई उनले ति सबै भूमिका कसरी निर्वाह गरे होलान् भन्ने जिज्ञासा थियो । हमालले आफ्नो कथा बताउने क्रममा यसको विषयमा पनि प्रस्टीकरणसमेत दिए । ‘ आजभोलि जसको भूमिका गर्ने हो उसको बारेमा हप्ता दस दिन अध्ययन गर्ने प्रचलन छ । तर, मैले कहिलै पनि त्यसो गरिँन । मलाई के लाग्छ भने जब तपाईं आफूलाई उसको जुत्तामा उभिएर उसको अवस्था अनुभूत गर्न सक्नुहुन्छ तपाईं जस्तो रोल पनि निर्वाह गर्न सक्नु हुन्छ,’ हमालले भने ।

पछिल्लो केही वर्षयता भने हमाल फिल्म खेल्न डराइरहेका छन् । उनी पर्दामा नदेखिएको लामो समय भइसक्यो । के हमालले अभिनय छाड्न लागेका हुन् ? हमालले नयाँ शैलीमा आउन चाहेकोले बीचको समयमा अध्ययन गरिरहेको बताए । ‘फिल्ममा अभिनय गर्ने धोको पुग्यो भन्ने लागेको छैन, ’हमालले भने, ‘नयाँ समयमा कसरी आउने भन्ने सोचिरहेको छ । आफैँ फिल्म निर्देशन गर्ने तयारी पनि गरिरहेको छ’ ।’ अभिनेता हमालले केहि समय अगाडी आफ्नो आत्मकथा सुनाउने क्रममा बताएता पनि उनले अझै फिल्म मेकिङ्गमा हात हालेका छैनन् । उनी फिल्मको सट्टा पछिल्लो समेत गीत गायन र म्युजिक भिडियोमा अभिनयमै व्यस्त छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : ४३ बजे

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी– गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दशमलव ०३ प्रतिशत

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार

एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

काठमाडौं– एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको