फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष « Khabarhub

फिल्मकर्मीलाई पनि अब विमानस्थलमा भीआईपी कक्ष


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चलचित्र संघको ४७ औँ साधारण सभामा प्रमुख आतिथ्यता ग्रहण गर्दै उठेको समस्यालाई समधान गर्ने प्रतिबद्धता जनाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कदम चलेका छन् । नेपाल सरकार फिल्मनगरी प्रति गम्भीर नभएको गुनासोसँगै नेपाली कलाकारले एअरपोर्टमा भीआईपी कक्षको प्रयोग गर्न नपाउने गुनासोलाई सोमबार नै सम्बोधन गर्ने मन्त्री आलेले बताएका थिए । उनले बताएअनुसारनै काम अगाडि बढाएका छन् । 

नेपाल सरकारले वशिष्ठ परिचय प्राप्त फिल्मकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै  सोही पत्रअनुसार फिल्मकर्मीका लागि भीआईपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेपछि फिल्मकर्मीले अब भीआईपी कक्षमा प्रवेश पाउनेछन् । 

चलचित्र विकास बोर्डले २०७७ साल चैत १ गते नेपाल सरकारलाई पत्र लेखी विशिष्ट चलचित्रकर्मीको परिचय पत्र प्राप्त फिल्मकर्मीलाई विमानस्थलमा यो सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई सोमबार कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई समेत यसको जानकारी गराएको हो । चलचित्र विकास बोर्डले विभिन्न समयमा गरी अहिलेसम्म ४४ जना फिल्मकर्मीलाई योगदानको आधारमा विशिष्ट चलचित्रकर्मी परिचय बाँडेको छ । बोर्डले थप ६० जनालाई यो परिचयपत्र बाँड्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : १९ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री