हमालको गुनासो, 'अव्यक्त प्रेम व्यक्त गर्ने समय पाइएन'  | Khabarhub Khabarhub

हमालको गुनासो, ‘अव्यक्त प्रेम व्यक्त गर्ने समय पाइएन’ 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राजेश हमालको जीवनशैलीको फ्यान नहुने कमै छन् । लोभ लाग्दो स्टारडमले उनी तर्फ आकर्षित नहुनेको संख्या निकै कम होला । हमालको स्टारडमसँग परिचित हुनेको संख्या निकै उच्च भएता पनि उनलाई नजिकबाट बुझ्नेको संख्या निकै कम छ । उनी आफैँ खुल्न नसक्ने बताउँछन् । पछिल्लो समय एक इभेन्टमा ‘आत्मकथा’  सुनाउने क्रममा भने उनी केही खुले । अभिनेता हमालले आफ्नो फिल्मी यात्रासँगै आफ्नो परिवारसँगको कुराहरू पनि साटे । आत्मकथा सुनाउँदै गर्दा उनले भन्दै थिए ‘म खासै खुल्दिनँ , त्यसैले यस्तो कुरा सायद फिल्मकर्मीलाई पनि थाहा छैन ।’ उनले आफ्नो परिवारसँगको सम्बन्धको बारेमा खुलेर बोले। राजेशका बुवा कूटनीतिज्ञ थिए ।

No description available.

 ‘बुवाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि पढ्नुभएको थियो । बनारसमै उहाँहरूको प्रेम भयो र पछि विवाह भयो’ राजेशले सुनाए । उनले बुवा २२ वर्षको उमेरमा पद्मोदया हाइस्कुलमा हेडमास्टर भएपछि परिपक्क देखिने स्वभाव बढेको बताए । ‘उहाँ र म बीच भिन्नता थियो अनि उल्टो तालमेल – म चाहिँ जहिल्यै जवान बन्न खोज्छु । मेरो बुबा चाहिँ पाको देखिन खोज्नुहुन्थ्यो । स्कुलमा आफूलाई पत्याओस् भनेर उहाँ अलिक बूढो हुन चाहनुहुन्थ्यो । उहाँले फुलेको कपाललाई गर्वका साथ देखाउनुभएको थियो’ राजेशले भने । स्कुले जीवन ३/४ देशमा बिताइसकेका राजेशले उच्च शिक्षा भने भारतबाटै लिएका थिए । तर, उनी अभिनेता बन्ने लक्ष्य लिएर अगाडि बढे ।

भारत रहँदा नै राजेशलाई मामा समेत रहेका निर्देशक दीपक रायमाझीले काठमाडौं फिल्म खेल्न बोलाए । सन् १९८७ मा रायमाझीले निर्देशन गर्ने फिल्म ‘भाग्यरेखा’ को मुख्य कलाकारमा हमालसँगै करिश्मा मानन्धरलाई कास्ट गरिएको थियो । यद्यपि केही दिन छायांकन गरेपछि निम्तिएको विवादले गर्दा हमालले प्रोजेक्ट छाडे । रविन्द्र खड्का र मौमसी मल्ललाई लिएर दीपकले फिल्म छायांकन गरे । यो फिल्म ‘ब्लकबस्टर’ बन्यो । यद्यपि २०४६ सालमा हमालले मामाकै फिल्म ‘युगदेखि युगसम्म’ बाट डेब्यु गरे । 

त्यसबेलामा पनि शिक्षा राम्रो भएको र परिवार शिक्षित भएकाले राजेशले राम्रो शिक्षा पाए । साथी र संगत पनि त्यस्तै भयो । त्यसै कारण हुनसक्छ उनले फिल्मनगरी रोजेपछि आफ्नैको साथ पाएनन् । ‘मेरो साथी सर्कल सबै अर्कै पेशामा थिए । त्यसैले यहाँ सपोर्ट आउने कुरै भएँन’ उनले सम्झिए । घरमा बुवा र मुमाले पनि राजेशलाई अन्य काम गर्न सुझाएका थिए । ‘परिवार कलाप्रेमी नभएको हैन तर, नेपाली फिल्ममा भविष्य छैन भनेर उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्न थियो’ उनले सम्झिए । त्यसपछि केही समय परिवारसँग टाढा भएँ । यद्यपि हमाल सफलताको श्रेय परिवारलाई नै दिन्छन्

उनलाई एउटै दुखेसो छ , उनले बुवासँग संवाद गर्न पाएनन् । जब उनी फिल्ममा आए त्यसपछि बुवासँग संवाद कम भयो  । त्यसमाथि उनी फिल्ममा व्यस्त । उनको बुवाको पहिलो पोस्टिङ र अन्तिम पोस्टिङ पनि पाकिस्तान नै भयो । र, पाकिस्तानमै हुँदा असामयिक निधन भयो । तात्कालिन पाकिस्तानी राष्ट्रपतिलाई भेटेर नेपाल एम्बेसी जाने क्रममा हमालका पिताको निधन भएको थियो । ‘काम गरिरहेको छु र एकदिन अवश्य मनाउनेछु भन्ने थियो तर अचानक उँहाको निधनको खबर आयो’ हमालले भावुक हुँदै सुनाए । उनले बुवालाई ‘गुड बाई’ पनि भन्न पाएका थिएनन् । ‘त्यतिबेला फिल्मको भविष्य यस्तो थिएन, त्यसैले उँहा केही रुष्ट हुनुहुन्थ्यो । त्यसैले अन्तिम पटक पाकिस्तान जाँदा मलाई नभेटी जानुभयो’ राजेश त्यतिबेला गोपी कृष्णको छायाँकनमा थिए । उनले बाबु र छोरा बीच अव्यक्त प्रेम भएपनि त्यसलाई व्यक्त गर्ने समय नमिलेको बताए । 

‘समय छ भन्ने थियो तर समय त कहाँ रहेछ र ? उनले भने ,’सफल हुँदै थिए र एक दिन त आउला जब हाम्रो माया व्यक्त होला भन्ने लागेको थियो तर त्यो सम्भव भएन ।’ हमालले फिल्म क्षेत्रमा आफ्नो प्रवेशसँगै पछिल्लो समय फिल्मबाट लिइरहेको बिश्रामको कारणसम्मका कुरा दर्शकमाझ बाँडेका थिए । ३० वर्षभन्दा ज्यादा समय अभिनयमा बिताएका हमाललाई जति फिल्म खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ ।  कथा भन्ने क्रममा उनले यो आरोपको पनि खण्डन गरे । उनको तर्क थियो ‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नु भयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हतोत्साही गर्नु सही थिएन ।’

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  १ : ३२ बजे

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल

भूमिगत विद्युतीकरणको काम तीन महिनालाई स्थगित

चितवन– चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका