क्यालिफोर्नियाको मरूभूमिमा अमेरिकी मरिन कोरको विमान दुर्घटनाग्रस्त « Khabarhub

क्यालिफोर्नियाको मरूभूमिमा अमेरिकी मरिन कोरको विमान दुर्घटनाग्रस्त


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया राज्यमा लडाकु विमान दुर्घटनामा परेको छ । अमेरिकी फौजको मरिन कोरमा तैनाथ भी २२ ओस्प्रे लडाकु विमान दक्षिणी क्यालिफोर्नियाको मरूभूमिमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ ।

प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् ।

क्यालिफोर्नियाको सान डिएगो सहरबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा रहेको राजमार्ग ७८ र ग्लामिस सहर नजिकै दुर्घटनाग्रस्त भएको नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको छ ।

यसअघि सो विमानमा आणविक सामग्री भएको हुनसक्ने चिन्ता उत्पन्न भएको थियो तर मरिन कोरले पछि प्रतिक्रिया दिदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  २ : ५८ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख