म्याद गुज्रेको चार वर्ष बित्दासमेत सम्पन्न भएन स्वास्थ्यचौकीको भवन  | Khabarhub Khabarhub

म्याद गुज्रेको चार वर्ष बित्दासमेत सम्पन्न भएन स्वास्थ्यचौकीको भवन 


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- साकेला गाउँपालिका-५ मात्तिमविर्तामा सम्झौता म्याद नाघेको चार वर्ष बित्दासमेत स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा हुन सकेको छैन ।

२०७६ सालमा सम्पन्न हुनुपर्ने स्वास्थ्यचौकीको भवन ठेकेदार कम्पनी यूएस-नाना जेभी निलकण्ठ-३ धादिङको ढिलासुस्तीका कारण अलपत्र बन्न पुगेको हो । दुई वर्षमा पूरा गर्नेगरी २० कात्तिक २०७२ मा सम्झौता गरिएको स्वास्थ्यचौकीको भवनको फिनिसिङको काम छाडेर अलपत्र पारिएको मात्तिमका वडाध्यक्ष जीवन न्यौपानेले बताए ।

२०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि बिदा भइसक्दासमेत स्वास्थ्यचौकीको भवन पूरा हुन सकेन । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको भ्याटबाहेक दुई करोड १६ लाख ५९ हजार ६७० रुपैयाँमा यूएस-नाना जेभीले स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो ।

हाल भवनको बाहिरी स्वरूप तयार भए पनि रिटेनिङवाल, ग्याविनवाल, रंगरोगन, झ्यालढोकामाथि सिसा राख्ने, बाथरुममा धारा राख्ने लगायतका काम बाँकी छ । निर्माण कम्पनीले सरासर काम गर्ने तत्परता देखाए करिब महिना दिनमै बाँकी काम सकिने देखिएको छ । 

सम्झौताअनुसार २० कात्तिक २०७४ मा भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने हो तर पाँचौंपल्ट थप भएको म्याद नाघ्दासमेत भवनको काम अलपत्र छ । पहिलो म्याद २१ वैशाख २०७५, दोस्राे म्याद २९ माघ २०७५, तेस्राे म्याद ३१ असार २०७७, चौथो म्याद पुस २०७७ र पाँचौं म्याद ३० चैत २०७८ मा सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

हाल भवन अभावमा स्वास्थ्यचौकीको सेवा तत्कालीन गाविसको कार्यालयबाट र वडाको कामकाज महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालन भइरहेको वडाध्यक्ष न्यौपानेले बताए । ठेकेदारले स्वास्थ्यचौकीको भवन निर्माणको पेटीठेक्का लिएका पेटी ठेकेदारलाई समेत पूरा भुक्तानी नदिएको बताइएको छ । 

भवन निर्माणको काम पुरा गर्न निर्माण कम्पनीलाई ताकेता 

वडा कार्यालय मात्तिमविर्ताले अलपत्र अवस्थामा छाडिएको स्वास्थ्यचौकीको भवन निर्माणको काम तत्काल पूरा गर्न निर्माण कम्पनीलाई ताकेता गरेको छ । बुधबार बसेको वडा समितिको बैठकको निर्णयअनुसार बाँकी काम सक्न निर्माण कम्पनीलाई ताकेता स्वरूप पत्राचार गरिएको वडाध्यक्ष न्यौपानेले बताए । काम अघि नबढाए सार्वजनिक खरिद ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । 

यसअघि साकेला गाउँपालिकाले पनि स्वास्थ्यचौकीको भवन निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै ठेकेदारमाथि कारबाही गर्न माग गरेको थियो । स्वास्थ्यचौकीको भवन निर्माणको काम पूरा गर्न निर्माण कम्पनीलाई बारम्बार आग्रह र ताकेता गर्दा बेवास्ता गरेको भन्दै गाउँपालिकाले कानुनी कारबाहीका लागि सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगालाई १७ फागुन २०७७ मा पत्राचार गरेको थियो । स्वास्थ्यचौकीको अधुरो काम पूरा गर्न पटक–पटक लिखित र मौखिक आग्रह गर्दा र सचेत गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गर्दैआएको गाउँपालिकाले जनाएको छ । 

जम्मा भएन बैंक ग्यारेन्टी 

स्वास्थ्यचौकीको भवन निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि साकेला गाउँपालिकाले पत्राचार गरेपछि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले बैंक ग्यारेन्टी तान्ने प्रक्रिया अघि बढाएको थियो । ठेकेदार कम्पनीले सम्झौताअनुसारको काम नगरेको तथा हालसम्म पेश्की रकमको १८ लाख फर्स्याेट नगरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजनाले प्राइम कमर्सियल बैंक लिमिटेड, कमलपोखरीलाई जमानत रकमबाट रकम भुक्तानीका लागि पत्राचार गरेको थियो । तर हालसम्म बैंकले बैंक ग्यारेन्टी जम्मा नगरेको कार्यालयले जनाएको छ । 

२० चैत २०७७ मा बैंकलाई पठाइएको पत्रमा ‘पेश्की रकममध्ये हालसम्म १८ लाख फर्स्याेट हुन नसकेको उल्लेख गर्दै प्राइम कमर्सियल बैंकबाट जारी भएको बैंक जमानतबाट आयोजनाको नाममा रकम भुक्तानी गरिदिन’ भनिएको छ । 

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : २७ बजे

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

विदेशमा सीप सिकेर स्वदेशमा उद्यमी

भोजपुर– भोजपुरका युवाहरूमा पछिल्लो समय सीप सिकेर स्वरोजगार बन्ने लहर

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३

यू-१६ टिमका शुभम खनालले लिए पाँच विकेट : जापान नेपालसँग ८० रनमा समेटियो

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट