दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी « Khabarhub

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सात जना सदस्यमा मिश्रित नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा बिक (कपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली कांग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्

दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । नेपाली कांग्रेसले नौ, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : ५१ बजे

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा