दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी « Khabarhub

दैलेख जिससमा गठबन्धन पराजित, प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला समन्वय समिति दैलेखको निर्वाचनमा प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाही विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उपसभापतिसमेत हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन बनाएर चुनावी मैदानमा रहे पनि बागी उम्मेदवारी दिएका शाही विजय भएका हुन् । उनलाई एमालेले सघाएको थियो । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ नौ मत पाएकी थिइन् ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भए । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत पाएकी छिन् । अन्य सात जना सदस्यमा मिश्रित नतिजा आएको छ । सदस्यमा कविताकुमारी गिरी (नेकपा एकीकृत समावादी), कोकीलाकुमारी खड्का (नेकपा एकीकृत समावादी), पुर्णा बिक (कपा एकीकृत समावादी), तुल्छा विक (नेकपा माओवादी केन्द्र), अङ्गबहादुर शाही (नेपाली कांग्रेस), फत्तबहादुर डांगी (नेकपा माओवादी केन्द्र) र दिलबहादुर शाही (स्वतन्त्र) विजयी भएका छन्

दैलेखका ११ स्थानीय तहमा नेकपा एमालेले पालिका प्रमुख उपप्रमुखसहित १० पद जितेको थियो । नेपाली कांग्रेसले नौ, माओवादी केन्द्रले दुई र समाजवादीले एक पद जितेको थियो ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ३ : ५१ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा