आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै « Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै


२६ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ मा हार व्यहोरेको नेपालको १२ अङ्क रहेको छ । ३३ खेलमा १९ मा जित निकालेको ओमान ४० अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

२८ अङ्कसहित यूएई तेस्रो र २० अङ्कसहित अमेरिका चौथो स्थानमा रहेको छ । १४ अङ्कसहित नामिबिया पाँचौँ स्थानमा छ भने २ अङ्कसहित पीएनजी पुछारमा छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ८ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको