आईसीसी क्रिकेट विश्वकप लिग २ - टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै | Khabarhub Khabarhub

आईसीसी क्रिकेट विश्वकप लिग २ – टस हारेर नेपाल ओमनविरुद्ध फिल्डिङ गर्दै


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले ओमनविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

अमेरिकाको टेक्सास राज्यस्थित मुसा क्रिकेट स्टेडियममा हुन लागेको खेलमा ओमनले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिने भएको हो ।

खेल नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । लिग २ को अङ्क तालिकामा नेपाल छैटौँ स्थानमा छ । १२ खेलमा ६ मा जित र ६ मा हार व्यहोरेको नेपालको १२ अङ्क रहेको छ । ३३ खेलमा १९ मा जित निकालेको ओमान ४० अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

२८ अङ्कसहित यूएई तेस्रो र २० अङ्कसहित अमेरिका चौथो स्थानमा रहेको छ । १४ अङ्कसहित नामिबिया पाँचौँ स्थानमा छ भने २ अङ्कसहित पीएनजी पुछारमा छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ८ : ५९ बजे

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा

बसको ढोकबाट खसेर एक जनाकाे मृत्यु

स्याङ्जा– वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१

कोशी प्रदेशसभाको सचिवमा पुन: पराजुली नियुक्त

विराटनगर- कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुन: नियुक्त भएका

दोस्रो जिरी महोत्सव सम्पन्न

दोलखा– गत चैत २३ गतेदेखि सुरु भएको दोस्रो जिरी महोत्सव

निगमले बुझायो किस्तावापतको ५३ करोड

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न