मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा « Khabarhub

मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुधबार दिउँसो बर्षाको कारण स्थगित भएको विजय युथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो ।

विजय युथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले समान १÷१ गो गरे । सिमराका डिफेण्डरले विजय युथका अमिर श्रेष्ठलाई फल गरेपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच विजय युथका सुनिल घलान भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी बिहीबार दिउँसो भएको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा भएको थियो । एभिनियरका लागि बिल्ले, टिम्बा टिम्बा, एब्डेल र सेम सेम समान १-१ गोल गरेका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रश्तुत गरेका थिए ।

यसअघि भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइन प्रवेश गरेको हो । शुक्रबारबाट सेमीफाइनल खेल हुनेछ ।

पहिलो सेमीफाइनल खेल विजय यूथ र नेपाल पुलिस क्लबबीच हुनेछ भने शनिबार दोस्रो सेमीफाइनल आर्मी र एभिनियर एफसीबीच हुनेछ ।

३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : १७ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा