पोखरा महानगरले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थाल्यो « Khabarhub

पोखरा महानगरले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थाल्यो


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरपालिकाले सडकमा डुलिहिँड्ने छाडा चौपायालाई कान्जी हाउसमा पठाउन थालेको छ ।

बिहीबारदेखि छाडा चौपाया हटाउने अभियान सुरु भएको हो । एकैदिन ३७ वटा छाडा चौपाया कान्जी हाउसमा लगेर राखिएको छ । दैनिक रूपमा चौपाया खोज्ने र कान्जी हाउसमा लगेर राखिने महानगरका निरीक्षण महाशाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए ।

‘पोखराका सडकमा छाडा चौपाया नरहने गरी महानगरले काम थालेको छ । दैनिकरुपमा नगरप्रहरी खटाएर चौपाया संकलन गर्छौं,’ उनले भने, ‘उनीहरूको व्यवस्थापन कान्जी हाउसमा हुन्छ । महानगरले कान्जी हाउस बनाएको छ ।’

पोखरा १४ बाच्छेबुडुवामा छाडा चौपाया थुन्न कान्जी हाउस बनाइएको छ । ल्याण्डफिल साइट आडैको ३५ रोपनी जमिनमा कान्जी हाउस बनाइएको हो । त्यहाँ १ सय ५० भन्दा बढी छाडा चौपाया राखिएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ९ : २८ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा