लक्षण देखिए पनि ‘नाइरोबी फ्लाइ’ नै हो भन्न सकिँदैन | Khabarhub Khabarhub

लक्षण देखिए पनि ‘नाइरोबी फ्लाइ’ नै हो भन्न सकिँदैन

के हो नाइरोबी फ्लाइ ?



पूर्वी तराईमा ‘नाइरोबी फ्लाइ’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ। त्यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन्। यस्तै भारतसँग सीमा जोडिएको जिल्लामा पनि यो समस्या देखिएको छ। मकिंपक्सको तरंगपछि अहिले नाइरोबी फ्लाइले धेरैलाई त्रसित बनाएको छ। सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल पनि भइरहेका छन्। साथै सिक्किम लगायत पूर्वी नेपाल तथा भारतसँग सीमा जोडिएका जिल्लामा यो समस्या बढी देखिएको छ। धनगढीको माया मेट्रो अस्पतालका दुई जनामा नाइरोबी फ्लाइको लक्षण देखिएको छ। धेरै बिरामी यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो कि भनेर झुक्किने गरेको पाइन्छ। यसको वास्तविकता के हो ? नेपालमा नाइरोबी फ्लाइ देखिएको हो कि होइन भनेर खबरहबका लागि विना न्यौपानेले यौन तथा छाला रोग विशेषज्ञ डाक्टर प्रज्ज्वल पुडासैनीसँग गरेको कुराकानीको सम्पादित अंशः

नाइरोबी फ्लाइ कस्तो रोग हो ?
नाइरोबी फ्लाइ बिटल्स प्रजातीको किटाणुमा पर्छ। नाइरोबी फ्लाइको जस्तै लक्षण पानी पर्ने सिजनमा, जाडो सिजनमा देखिने गर्छ। यो हरेक वर्ष देखिने गर्छ। विश्वभर बिटल्सका ३ लाख ५० हजारभन्दा बढी प्रजाति छन्‚ तीमध्येको यो एक हो। कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ। यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ। शसंकित हुनुपर्ने अवस्था छैन। नाइरोबी फ्लाइ यहीनै हो भनेर इन्टेमोलोजिस्टले भन्ने कुरा हो। तर, अहिले नाइरोबी फ्लाइ भनेर शसंकित भएका छौं। अहिले धेरै डराउनुपर्ने अवस्था छैन। विभिन्न लक्षण देखिए पनि नाइरोबी फ्लाइ नै हो भनेर विशेषज्ञले पुष्टि गर्न बाँकी छ।

नाइरोबी फ्लाइकै संक्रमण हो भनेर पत्ता लगाउन के गर्ने ?
यो बिटल्स प्रजातीको किरा हो। यसको टाउको कालो, टल्किने खालको, पेट रातो र पखेटा साह्रो हुन्छ। नाइरोबी फ्लाइने हो भनेर इन्टेमोलोजिस्टले पुष्टि गर्नुपर्छ। यसको लक्षण हरेक वर्ष देखिने हुनाले ड्रामाटाइटीस गराउने प्रजाती बिटल्सनै भएकाले नाइरोबी फ्लाइ हो भनेर आकंलन गरेका छन्। किरालाई ल्याएर ल्याबमा परीक्षण गरेर हेर्नुपर्ने हुन्छ। सिक्किममा सय जना विद्यार्थीलाई देखिएको थियो। नेपालको पुर्वी बोर्डर साइडमा देखिएको छ। नाइरोबी फ्लाइ बिटल्सको प्रजाती हो भनेर आकंलन गरिएको मात्र हो। ड्रामाटाइटीस गराउने प्रजाती मध्ये यो पनि पर्छ। कोही बिरामी यस्तै लक्षण देखिएर आउनुभएको छ। तर, एकिनका साथ नाइरोबी फ्लाइ हो भन्न मिल्दैन। आत्तिनुपर्ने अवस्था छैन जटिलता हुँदैन।

किराबाट मानिसमा संक्रमण कसरी हुन्छ ?
अहिले फोहोर व्यवस्थापन भएको छैन। त्यही फोहोरबाट निस्कने किराको माध्यमबाट सर्ने हो। किराले टोक्ने होइन, किरामा भएको रसायन पेटेरीयन भन्ने टक्सिनले हाम्रो छालामा फोका निकाल्छ। हामीले हेर्दा पोलेको फोका जस्तो धर्सा देखिन्छ। हामीले माड्यौ या चिलायौ भने किरामा भएको रसायन रिलिज हुन्छ। यसले छालामा रातो डावर, फोका, खटिरा निस्किन्छ। संक्रमण बढीरह्यो भने घाउ ठुलो हुने, कालो दाग बस्ने हुन्छ। आँखा वरीपरी कन्जिटीभाइटीस केराटाइटीस, आँखाको अगाडीको भागमा संक्रमण फैलिने हुन्छ। साथै योनीको वरीपरी फोका निस्कने हुन्छ। पोलेको जस्तो देखिने, ठूलाठूला फोका आउने भएकाले हेर्दा डरलाग्दो देखिन्छ।

जनैखटिरा र मकिंपक्सको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएकाले पनि त्रास बढी भएको देखिन्छ नि ?
यो किरा हाम्रो जिउमा मारियो भने जनैखटिरा जस्तो एकतिर मात्र फोका आउने, पोल्ने हुन्छ। मकिंपक्सका लक्षण धेरैजसो अनुहार र हातखुटटामा देखिन्छन। फोकाहरु अनुहार र हातखुट्टमा आयो भने मकिंपक्सको जाँच गराउनुपर्छ। थाहा पाउनको लागि जनै खटिराजस्तो फोका आउने। ठूलो खालको पानी फोका आउने। फोकाबाट पिप आउने हुन्छ। छाला रातो हुने, पोल्ने। रातो डाबर तथा बिमिरा आउने हुन्छ। यसले रातो धर्सेखालको एलर्जी हुन्छ।

यो दुईवटा छाला जोडिएको भाग जस्तो कुहिना तथा घुँडामा आफ्नै शरीरबाट सरेर फोका निक्लन सक्दछ। कहिलेकाहीँ यौनांगको वरिपरी पनि आउन सक्छ। नाइरोबी फ्लाइले गराउने लक्षण कपालमा लगाउने कलरको केमिकल, घामको विकीरण, जनै खटिरा, पोलेको घाउले हुने अवस्था पनि उस्तै हुन सक्ने हुन्छ। छालारोग विशेषज्ञले यो हेर्ने बित्तिकै थाहा पाउन सक्छन्। तर, कहिलकाहीँ अरु रोगसँग पनि छुट्याउनका लागि बायोप्सी गर्नुपर्ने हुनसक्छ।

नेपालमा कहिलेदेखि यसको संक्रमण देखिन थाल्यो ?
हरेक बर्ष पानी पर्ने समयमा यसको लक्षण देखापर्छन्। नाइरोबी फ्लाई अफ्रिकाबाट आएको र अहिले मात्रै देखिएको भए अनुसन्धानको गर्नुपर्ने हुन्छ। तर, अहिले देखिएको लक्षण एउटै प्रकारको किटाणुले भएको हो। हरेक वर्ष पानी पर्ने सिजन बर्खायाम र जाडोयाममा देखिने गरेको छ।

समयमा उपचार नगर्दाको जोखिम के हुन सक्छ?
समयमा उपचार नगरेमा हात तथा नङले फोकामा छुँदा संक्रमण भएर ठूलो घाउ हुने, पछि अनुहारमा कालो दाग बस्ने, खत बस्ने हुन सक्छ। आँखा वरीपरी भयो भने आँखाको संक्रमण गराउने हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कम छ भने आँखाको संक्रमण फैलिने सम्भावना रहन्छ। योनीको वरीपरी भयो भने घाउ हुने, कालो दाग बस्ने हुन्छ।

उपचार कसरी हुन्छ ?
हामीले संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्छ। किराबाट बच्न झ्याल ढोका बन्द गर्ने, झ्याल ढोकामा जाली राख्ने, झुल लगाउने, किराबाट बच्ने स्प्रे लगाउने गर्नुपर्छ। शरीर सबै कभर हुने खालको कपडा लगाउनुपर्छ। समर सिजनमा सुतीको कपडा लगाउनुपर्छ। शरीरमा किरा देखियो भने नमारीकनै बाहिर राख्ने र सावुनपानीले हात धुने गर्नुपर्छ। पोल्ने छ भने् लोसन लगाउने सफा चिसो पानीले पखाल्ने गर्नुपर्छ। चिकित्सकको परामर्श लिएर एन्टिबायोटिक मलम लगाउनुपर्ने हुन्छ।

कति समयमा निको हुन्छ ?
यो समस्या देखिएको एक हप्तादेखि दश दिनमा आफै ठिक हुन्छ। जटिलता ल्याउदैन। किटाणुको संक्रमण फैलियो भने दुई तीन हप्ता लाग्नसक्छ। संक्रमण फैलिएन भने एक हप्तादेखि दश दिनमा आफै ठिक हुन्छ।

नेपालको सबै अस्पतालमा उपचार हुन्छ कि हुँदैन ?
यो समस्याको लागि छालारोग विशेषज्ञले मात्र उपचार गर्छन् भन्ने छैन। कुनै पनि दक्ष चिकित्सकले उपचार गर्नुहुन्छ। यदि सम्भव छ भने छाला रोग विशेषज्ञलाई देखाउदा राम्रो हुन्छ।

संक्रमण हुन नदिन के के गर्नुपर्ला ?
यो सिजनमा धेरै पानी पर्ने हुन्छ। त्यसकारणले संक्रमणबाट बच्न घरवरीपरी सफा राख्ने, सुत्दा झुल लगाउने गर्नाले किराको टोकाइबाट बच्न सकिन्छ। फाहोर व्यवस्थापन गर्ने, सेतो लाइटको प्रयोग नगर्ने गर्नुपर्छ। सेतो लाइटले किरालाई आकर्षित गर्छ। पूराबाहुले लुगा लगाउने। पोलेमा चिसो आइसले सेक्ने। धेरै नै दुःख दिएमा नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गर्ने नाइरोबी फ्लाई सधै देखिने समस्या भएकोले डराउनु पर्दैन। उपचार सम्भव छ। जटिलता ल्याउदैन। तर, आफू सुरक्षित भएर बस्नुपर्छ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ७ : २३ बजे

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ

बिजुली नपुगेका घर खोज्दै हिंडेका छौं, भेटिए खबर गर्नुहोला : कुलमान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको