विद्युत नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन « Khabarhub

विद्युत नहुँदा विद्यालयका कम्प्युटर प्रयोगविहीन


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत नहुँदा कम्प्युटर प्रयोगविहीन भएका छन् ।

७ वर्षअघि नेपाल सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाउँपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, ४ वटा सीसी  क्यामरा र इन्टरनेट सेवा सहयोग गरिएको थियो। त्यसैगरी वैकल्पिक सौर्य ऊर्जाबाट विद्यालयलाई सौर्य पातासहितको विद्युत् सहयोग गरिएको थियो ।

हाल विद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सीसी क्यामरा र इन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् । विद्युत् सेवाको सहज पहुँच नहुँदा लाखौँ मुल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको छ ।

कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कम्प्युटर शिक्षा विषय पढाई हुने गरेकोमा अहिले प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ ।  ‘गाउँका सिहंदरबार खत्याड गाउँपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रबन्ध मिलाउन गाउँपालिकासँग आग्रह गरेका थियौँ, तर गाउँपालिकाले सुनेन ।  विद्यालयमा अन्य आर्थिक स्रोत पनि छैन। त्यसैले कम्प्युटर प्रयोगविहीन बनेका छ’, विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर रोकायाले भने ।

लामो समयसम्म प्रयोगविहीन कम्प्युटरमध्ये केही बिग्रिएका छन् । विद्यालयमा भएका कम्प्युटर प्रयोगविहीन हुने तर विद्यार्थीलाई सिक्न वा पढ्न नपाउने अवस्था देखिएको अभिभावक चन्द्रविर बुढाले गुनासो गरे।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ४८ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा